‘नाटक घरकी रानी’ जसले दर्जनौ चलचित्र २०० बढी नाटक र ३ हजार भन्दा बढी सडक नाटकमा अभिनय गरेकी छन् (भिडियो हेर्नुस्)

काठमाण्डौं । जिन्दगी र नाटक उस्तै बताऊने रंगकर्मी सरिता गिरी आमा तुलसा र बुवा गणेशराज गिरीका दुई छोरा, दुई छोरीमध्ये कान्छी छोरीका रूपमा काठमाडौंको बानेश्वरमा जन्मिइन् ।

सन साइन स्कुलबाट एसएलसी गर्दा नगर्दै उनी मार्सल आर्टको ब्लाक बेल्ट होल्डर बनिन् अनि साहित्यबाट स्नातक गरिन् । १६ वर्षमै ‘पत्थरको कथा’ नाटकमा पहिलो पटक अभिनय गरिन् । बेजोड अभिनय र दर्शकको प्रतिक्रियाले उनको मनोबल चु,लियो ।

ब.धशाला, नागरिक, सुनगाभा, रेड मनसुन, गुरु दक्षिणा जस्ता दर्जनौ सिनेमामा अभिनय गर्न भ्याइसकेकी सरिताले दुई सय बढी नाटक र तीन हजार भन्दा बढी सडक नाटकमा अभिनय गरेकी छन् ।

पछिल्लो समय आमा चलचित्रमा अभिनय गरेकी उनी प्रमोशनमा पनि ब्यस्त छिन । ब्यस्तताका बाबजुद मनोरञ्जन क्षेत्रमा एउटा छुट्टै इतिहास कायम गरेकी प्रतिभाशाली चलचित्रकर्मी एवं नाट्यकर्मी सरिता गिरीसँग गरिएको छोटो कुराकानी भिडियो हेर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।