नेपाल आइडलको मन्चबाट जांदा जॉंदै रचनाले लेखिन् यस्तो मनछुने स्याटस

काठमाडौ। नेपाल आइडलको मंच बाट रचना रिमाल नेपाल बाहिरिएकी छिन। दर्शकको भोट अनुसार रचना नेपाल आइडलको मंच बाट बाहिरिएकी हुन। रचना यस अघि भने निरन्तर अत्याधिक भोट पाउदै आइरहेकी थिइन । नेपाल आइड लको मंच बाट बाहिरिदै गर्दा उनको आखामा आशु छछल्किएको थियो ।नेपाल आइडलको मंचबाट बाहिरिदै गर्दा उनले आफुलाई यहाँ सम्म ल्याउने नेपाल आइडल र सबै दर्शकलाई धन्यवाद दिएकी थिइन ।

नेपाल आइडलको मंचबाट बाहिरि सकेपछि आफ्नो फेसबुक पेज मार्फत पनि उनले आफुलाई यहाँ सम्म ल्याउने नेपाल आइडल र सबै दर्शकलाई धन्यवाद दिएकी छन् ।

हेर्नुहोस् फेसबुक स्ट्याटस,जस्ताको तस्तै :

समपुर्णमा नमस्कार ! नेपाल आइडल सिजन थ्रीमा आज देखि मेरो यात्रा सकिएको छ । सर्वप्रथम त उत्कृष्ट ७ हुँदै अर्को चरणमा प्रबेश गर्नु हुने मलाई अत्यन्तै माया गर्नु हुने प्रतिभाशाली दाइ दिदीहरुलाई हार्दिक बधाई । फरक ठाउ, फरक परिवेश अनि फरक कोखबाट जन्मिएका हामी अब एउटै परिवार भएका छौ ।

तपाईंहरुको माया, साथ, सहयोग र शिक्षालाई म कहिले भुल्न सक्ने छैन । यो यात्रामा हामिले बिताएका पल र यो समय जिवनभर मुटुमा साचेर राख्ने छु । तिनै जना निर्णायक ज्यु प्रति म संग आभार प्रकट गर्ने शव्दनै छैन, नेपाली संगीतका धरोहर न्हु सरले मेरो घरमै आएर मलाई सुनी दिनु भएको दिन देखि आज सम्मको यात्रामा हजुरहरुले बढाउनु भएको हौशला, दिनु भएको ज्ञान र देखाउनु भएको बाटो मेरालागि मार्गदर्शक हुनेछ्न ।

मलाई प्रस्तुतिकालागि तयार पार्नु हुने मेन्टर, प्रस्तोता दाइ दिदी र आइडलका सम्पुर्ण सदस्य ज्यु हरु प्रती सदैब कृतज्ञ रहनेछु । नेपाल आइडल र एपि वान टेलिभिजनलाई मुरि मुरि धन्यवाद छ, झापाको एउटा कुनामा गित संगीत सुन्न र गाउन मन पराउने एउटा अबोध फुच्चिलाई यति ठूलो प्ल्याटफर्ममा उभाई दिनु भयो । र विशेष रुपमा हजुरहरु सबैलाई विशेष धन्यवाद, विशेष माया र विशेष आभार ! मैले कहिले महसुस पनि गरेकि थिईन कि म यति धेरै भाग्यमानी रहेछु ।

कार्यक्रमको सुरुवाती दिन देखि नै तपाईंहरु ले दिनु भएको माया, साथ र हौसलाको लागि म संग धन्यवाद भन्ने कुनै शव्दनै छैन । आफ्नो घर गाउबाट बिरलै बाहिर निस्केकी , डर र आत्मविश्वासको अभावमा कामी रहेकी एउटा फुच्चीलाई तपाईंहरुले जुन साथ, सहयोग र हौशला दिएर लगातार तीन पटक सर्बाधिक भोट दिएर मलाई आइडलमा जसरी बलियो बनाएर राख्नु भयो त्यसकोलागी मैले जति धन्यवाद भनेपनी कम नै हुन्छ ।

देश देखि बिदेशका विभिन्न ठाउँबाट जसरी हजुरहरुको सहयोग पाए त्यसको ऋणि म जीवन भर रहने छु । मेरो गृह जिल्ला झापाबाट मलाई जुन किसिमको सहयोग भयो त्यसको लागि म आफ्नो जिल्ला र समपुर्ण झापालीहरु प्रती कृतज्ञ छु । मलाई यहाँ सम्म ल्याउन सहयोग गर्ने स्थानीय सम्पुर्ण गुरु, आफन्त, दाजु भाइ, दिदी बहिनी, साथीभाइ र संघ संस्थालाई एक मुस्ठ आभार व्यक्त गर्न चाहान्छु ।

हजुरहरु समपुर्ण प्रति माफी पनि माग्न चाहान्छु कि कार्यक्रममा मैले आफ्नो क्षमता अनुसारको प्रस्तुती दिन सकिन । धेरै कुरा सिक्न पाएको छु, अझै सिक्न बाकी छ, आगामी दिनमा आत्मविश्वास उच्च राख्दै संगीत साधनामा अगाडी बढी राख्ने छु । हजुर हरुको मायाको बदला कुनै दिन हजुरहरुलाई गर्ब गर्ने मौका दिन सके भने आफुलाई सफल सम्झिने छु । हिजो सम्म मेरो परिवारको मात्र थिए, आजबाट तपाईंहरु सबैकि “रचना” भएकी छु, यो माया कहिले कम नहोस ! धन्यवाद,धेरै माया

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।