प्रधानमन्त्री ओलीको शरीरमा अब ४ ओटा मिर्गौला!

सिर्जना थापा र राजेन्द्र नापित । काठमाडौं, फागुन २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दोस्रोपटक मिर्गाैला प्र,त्यारोपण भएसँगै मिर्गौला प्र,त्यारोपणको विषय अहिले चासोको विषय बनेको छ ।

त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्र,त्यारोपण गराउने प्रधानमन्त्री ओली ११औं व्यक्ति हुन् । यसअघिका प्र,त्यारोपणहरु पनि सफल भएकाले नेपालमा मिर्गौला प्र,त्यारोपण सेवा विश्वसनीय रहेको देखाउँछ । दोस्रोपटक मिर्गौला प्र,त्यारोपण गरिएसँगै प्रधानमन्त्री ओलीको शरीरमा अब चारओटा मिर्गौला भएका छन् ।

यसअघि, २०६४ सालमा प्रधानमन्त्री ओलीले नयाँदिल्लीको एपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्र,त्यारोपण गराएका थिए । त्यतिबेलादेखि नै उनको शरीरमा तीनओटा मिर्गौला रहँदै आएका थिए । १२ वर्षअघि गरिएको मिर्गौलाले काम गर्न छाडेपछि बुधबार फेरि नयाँ मिर्गौला प्र,त्यारोपण गरिएसँगै प्रधानमन्त्रीको शरीरमा चारओटा मिर्गौला भएका हुन् ।

कुनै एक स्वस्थ व्यक्तिको मृर्गौला नि,कालेर अर्को व्यक्तिको शरीरमा राख्ने प्रक्रियालाई मिर्गौला प्र,त्यारोपण भनिन्छ । सामान्यतया मिर्गाैलाको दी,र्घरोग हुँदा वा मिर्गौला ‘फे,ल’ हुँदा प्र,त्यारोपण आवश्यक हुन्छ । मिर्गौला प्र,त्यारोपण गर्दा खराब मिर्गौलालाई नझिकी नयाँ मिर्गौलालाई सँगै राख्ने गरिन्छ ।

त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्र,त्यारोपण गर्ने प्रधानमन्त्री ११औं व्यक्ति हुन् । यसअघि, १० जनामा दोस्रोपटक मिर्गौला प्र,त्यारोपण सफल भइसकेको चिकित्सकहरुले बताएका छन् । शिक्षण अस्पतालमा मात्रै करिब ७०० को संख्यामा प्र,त्यारोपण भइसकेको छ । ती सबै सफल भएको चिकित्कहरुको भनाइ छ । यसबाट नेपालमा मिर्गौला प्र,त्यारोपण सेवा विश्वसनीय बन्दै गएको पनि पु,ष्टि भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।