राजसंस्था फा,लेर देशले के पायो ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले राजसंस्था फर्काउनुपर्ने बताएका छन्। क्यानडा नेपालमार्फत प्रसारण हुने कार्यक्रम राष्ट्रको सवालमा गरिएको अन्तर्वार्तामा लिङ्देनले राजसंस्थाको विषयमा वकालत गरेका हुन्।

‘हामी कहाँ जाने भनेर हिँडेका थियौँ, कहाँ पुग्यौँ, अहिले सम्पूर्ण घ,टनाक्रमले के प्रमाणित गर्यो भने देशमा राजसंस्था भन्दा राष्ट्रपति महँगो हुने रहेछ र हामीले जुन स्वतन्त्र संस्थाको रुपमा अविभावकीय संस्थाको रुपमा राष्ट्रपतिलाई राजा र राजसंस्थाको ठाउँमा कल्पना गरका थिया,ैँ तर त्यो पार्टीबाटै निर्वाचित हुने र पार्टीतर्फ नै झुकाव राख्ने साथै विदेशीहरुको दबाब र प्रभावमा आउने संस्थाको रुपमा हुने रहेछ,’ लिङ्देनले भने।

राष्ट्र पहिचानका रूपमा संसदको नि,यन्त्रणमा रहने राजसंस्था कायम गर्न माग गरे। ‘निर्वाचन प्रणालीमा सुधार गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक प्रणालीबाट संसदको गठन हुने व्यवस्था गरौँ,’ उनले भने।

लिङ्देनले सत्ताको ल,डाइँमा सत्ता पक्षका नेताहरू लागेको आ,रोप लगाउँदै गतसाता संविधान संशोधनको विषय पनि सत्तासँगै जोडिएर आएको बताए।

‘केही दिनअघि सत्ता पक्षबाटै संविधान संशेधनको कुरा सुनिएको थियो। आवश्यक परे संशोधन हुन्छ र फेरिन्छ पनि। तर, त्यो संशोधन व्यक्तिका लागि, परिवारका लागि, स्वा,र्थ स,मूहका लागि होइन। जनताका लागि देशका लागि हुनपर्छ,’ उनले भने।

विगतमा दबाब, प्रभाव र हतारमा संविधान निर्माण गर्दा थुप्रै कमजोरी भएको भन्दै लिङ्देनले अहिलेको प्रणालीमै त्रुटी रहेको टिप्पणी गरे।

‘कसैको द,बाब, प्रभाव र हतारमा संविधान निर्माण गर्दा थुप्रै कमजोरीहरू भए। जसका कारण सरकार या व्यक्ति परिवर्तनले अवस्थामा केही फरक परेको छैन। अहिले प्रमुख समस्या नै प्रणालीमा रहेको त्रु,टी नै हो,’ उनले भने।

उनले जनप्रतिनिधिको संख्या घटाउनुपर्ने धारणा राखे। साथै संवैधानिक निकायमा हुने नियुक्ति स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउन उनको माग छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनसँग क्यानडा नेपालको कार्यक्रम राष्ट्रको सवालका लागि ऋषि थपलियाले गरेको अन्तर्वार्ता



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।