धनकुटा चौबिसेस्थित वुधुक क्याम्पसमा नेबिसंघ गठन
धनकुटा खबर, फाल्गुन २४ । धनकुटा चौबिसे गाउँपालिकामा रहेको वुधुक क्याम्पसमा प्रतिज्ञा खतिवडाको अध्यक्षतामा ११ सदस्यीय नेपाल विद्यार्थी संघ गठन कार्य सम्पन्न भयो ।
नेपाल विद्यार्थी संघ वुधुक क्याम्पस वुधुकको उप–सभापतिमा क्रमश चण्डिका भट्टराई, दिलमाया लिम्बु, सचिवमा विरेन्द्र खत्री, कोष–अध्यक्षमा सोनम चेम्जोङ्ग, सह–सचिवमा क्रमश गिता लिम्बु, अनुषा याक्खा र सदस्यहरुमा भविना याक्खा, भूमिका भट्टराई,अन्जना खनाल तथा सरिता लिम्बु सर्वसम्मत चयन गरिएको नेबि संघ धनकुटा क्याम्पस इकाई समितिका सभापति करुणा कटुवालले जानकारी दिनु भयो ।

त्यसै गरि शक्ति याक्खाको अध्यक्षतामा २१ सदस्यीय वुधुक माध्यमिक विद्यालय प्लस टु कक्षा समिति समेत गठन छ जस्मा उप–सभापतिमा क्रमश डम्बर मगर र निर्जला चेम्जोङ्ग चिव तनु मगर, सह–सचिवमा क्रमश सुरक्षा सुवेदी, दिपेश तामाङ्ग, कोष–अध्यक्षमा भावना खतिवडा, सदस्यहरुमा अश्मिन लिम्बु, सरोज वि.क., मनिशा राई, तनुजा मगर, रक्षा भट्टराई, विष्णु खतिवडा, पुरन राई, पूजा लिम्बु, मनोज लिम्बु, सुदिप न्यौपाने, अन्जुली चेम्जोङ्ग,आशा लिम्बु, देवेन्द्र चेम्जोङ्ग लगायत रहनु भएको छ ।
गठन कार्यक्रमा नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समिति धनकुटाका सभापति करुणा कटुवाल नेपाली कांग्रेस महासमिति सदस्य दूर्गा सुवेदी, नेपाल तरुण दलका पुर्व केन्द्रिय सदस्य तथा महाधिवेशन प्रतिनीधि कमोट फागो, जिल्ला सदस्य हर्क चेम्जोङ्ग,नेपाली कांग्रेस चौबिसे गाउँपालिकाका सह–संयोजक मेख ब.थापा, नेपाल प्रेस युनियनका उपाध्यक्ष नरेन्द्र राई लगायतकालको उपस्थिती रहेको थियो ।


