च क्रपथ विस्तार आयोजना : ट्र्याक रोड र फू टपाथ नेपालले नै बनाउने

काठमाडौं,फागुन ३० ।  दोस्रो चरणको चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलंकी–धोबीखोला खण्डमा दायाँबायाँ ट्र्याक रोड (मुख्य सडक बाहिरको सडक) र फूटपाथ बनाउन रू. १ अर्ब १५ करोड लगानी प्रस्ताव गरिएको छ । काठमाडौं चक्रपथ सडक विस्तार आयोजनाले ८ लेनको मुख्य सडकसँगै दायाँबायाँ बन्ने ट्र्याक रोड र फूटपाथ निर्माणका लागि अर्थ मन्त्रालयसँग लगानीको प्रस्ताव गरेको हो ।

चीनको सहयोगमा चक्रपथलाई ८ लेनको बनाइँदै छ । सोही सडकको दायाँबायाँ ६र६ मीटरमा बन्ने ट्र्याक रोड र डेढ मीटरमा बन्ने फूटपाथका लागि नेपालले नै लगानी गर्ने गरी मन्त्रालयमा प्रस्ताव गरिएको आयोजना प्रमुख अमृतमणि रिमालले जानकारी दिए । यी दुई संरचना निर्माण हुँदा चक्रपथको यो खण्ड १० लेनमा विस्तार हुने रिमालको भनाइ छ । कलंकीको मकालु पेट्रोलपम्पदेखि चाबहिलको गोपीकृष्ण हलसम्मको यो सडक खण्ड ११ दशमलव ६ किलोमीटर छ ।

यसैगरी ट्र्याक रोडभित्र ढललगायत पाइपहरू राख्ने गरी डिजाइन हुने पनि उनले बताए । करीब ३ वर्षमा सडक विस्तार गरिसक्ने लक्ष्य राखिएको यो सडक विस्तार आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) भने कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण अझै तयार भएको छैन । साइट क्लियर भएपछि चिनियाँ पक्षलाई जानकारी गराउने र उनीहरू आएपछि डीपीआर बन्नेछ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा हिमा वि.क.ले लेखेकी छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।