को रोना प्र भाव : रा ष्ट्रसंघले भन्यो, ‘शा न्ति सेना न पठाऊ’
काठमाडौं, ३० फागुन । कोरोना भा इरस सं क्रमणको का रण देखाउँदै संयुक्त राष्ट्रसंघले शान्ति मिसनमा तत्काल सेना नपठाउन नेपाली सेनालाई पत्र पठाएको छ। राष्ट्रसंघको आग्रहपछि मिसनका लागि दक्षिण सुडान (अनमिस) उड्ने तयारीमा रहेका ६ सय ९९ जना सैनिक अधिकारीको यात्रा रोकिएको छ। उनीहरू यसै महिना जाने तयारीमा थिए।
राष्ट्रसंघीय मुख्यालयले नेपाली से नालाई पत्र लेखी अर्को निर्णय नहुन्जेल दक्षिणी सुडान उड्ने तयारीमा रहेका सै निक अधिकारीलाई नपठाउन भनेको हो।
सै निक प्रवक्ता विज्ञानदेव पाण्डेले कोरोना भा इरसको कारण देखाउँदै राष्ट्रसंघले पत्र पठाएपछि दक्षिणी सुडान जान लागेका सै निक अधिकारीहरू रोकिएको बताए। ‘शान्ति मिसनका लागि दक्षिण सुडान जान हाम्रो टोली तयारी अवस्थामा थियो’, सै निक प्रवक्ता पाण्डेले भने, ‘अर्को निर्णय आउनेबित्तिकै उनीहरू जान्छन्। राष्ट्रसंघको आग्रहमा तत्काल सेना नपठाउने निर्णय गरेका हांै।’ यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।


