प्रधानमन्त्री आज डि स्चार्ज हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षित रूपमा सुधार हुँदै गएको छ । त्रिवि शिक्षण अस्पतालमा मि र्गाैला प्र त्यारोपण गराएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षित रूपमा सुधार हुँदै गएको प्रत्या रोपणमा संलग्न चिकित्सकले बताएका छन् ।

प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणका नतिजा सामान्य र सुधारोन्मुख रहेको अस्पतालका कार्यकारी निर्देशक प्राडा. प्रेम कृष्ण खड्गाले जानकारी दिए । प्रधानमन्त्रीको भाइटल तथा ल्याब सूचक राम्रो अवस्थामा रहेको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीले खानासमेत खान थालिसकेका छन् । उनले आईसीयूमै नियमित व्यायाम गर्दै आएका छन् । यही अवस्था रहिरहे र स्वास्थ्यमा कुनै उतारचढाव नआए प्रधानमन्त्री ओलीलाई शुक्रबार साँझसम्म डिस्चार्च गर्न सकिने अस्पताल स्रोतले जनाएको छ । आजको राजधानी दैनिकमा प्रशान्त वली ले लेखेका छन् ।

पत्नी राधिका शाक्यले प्रधानमन्त्री ओलीलाई बिहीबार भेटेकी छन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले शाक्यले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताएका छन् । प्रमुख सल्लाहकार रिमालले ट्वीटरमार्फत प्रधानमन्त्रीको स्वास्थ्यमा निरन्तर प्रगति भइरहेको र दोस्रो भिजिटरका रूपमा प्रथम महिला राधिका शाक्यले भेटेको जानकारी दिएका हुन् ।

यसअघि पहिलो भिजिटरका रूपमा मिर्गौला दाता समीक्षा संग्रौलाले बुधबार प्रधानमन्त्री ओलीसँग भेट गरेकी थिइन् ।
प्रधानमन्त्री ओलीको २१ फागुनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । १२ वर्षअघि पहिलोपटक मि र्गौला प्र त्यारोपण गरेका ओलीले दोस्रोपटक मि र्गौला प्र त्यारोपण गरेका हुन् । प्रधानमन्त्री ओलीलाई चिकित्सकसहितको निगरानीमा बस्न प्रधानमन्त्री निवास बालुवाटारमा आवश्यक व्यवस्थापन गरिँदै छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।