१३ किलोमिटरको दूरीमा कोरोना देखिएपछि मोरङको रानी ना,कामा क,डाई

तारा आचार्य, विराटनगर, ३० फागुन । विराटनगरको सी,मावर्ती जोगबनी ना,का भन्दा करिब १३ किलोमिटर दूरीमा रहेको बिहारको फारबीसगञ्जमा दुई जना कोरोना भा,इरसका शं,कास्पद विरामीहरु भेटिएको भन्ने भारतीय सञ्चार माध्यमहरुमा समाचार आएपछि विराटनगरको रानी ना,कामा यात्रुहरुको चे,कजाँचमा क,डाई गर्न थालिएको छ ।

शं,कास्पद विरामी फेला परेको स्थानीय पत्रपत्रिकामा समेत खबर छापिएपछि रानी नाकामा भारतबाट रेलवे च,ढेर आएका यात्रु मात्र नभइ जोगबनीमा किनमेल गरेर फर्केकाहरुको पनि स्वास्थ्य जाँच गर्न थालिएको हो ।

उनीहरुलाई पहिले साबुन पानीले हात धुन लगाएर तापक्रम नाप्ने गरिएको छ । सो हेल्थ डेस्कमा दैनिक करिब १ हजार ५ सय यात्रुहरुको चेकजाँच गर्ने गरिएको डेस्कमा खटिएका स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकाले रानी नाकामा हेल्थ डेस्क राखेको हो । अहिले बिहान ६ बजे देखि बेलुका ६ बजे सम्म मात्र सञ्चालन हुदै आएको सो हेल्थ डेस्कलाई राति १० बजे सम्म सञ्चालनमा ल्याउने तयारी भइरहेको बताइएको छ । -न्यूज २४ नेपाल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।