प्रहरीलाई बाहिर निस्कन ब,न्देज

सुर्खेत, चैत ८ । विश्वव्यापी रूपमा फैलिरहेका कोरोना भा,इरसको सं,क्रमणको जो,खिम नेपालमा पनि बढिरहेका बेला सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी गणमा उच्च सतर्कता अपनाइएको छ।

त्यहाँका प्रहरीलाई बाहिर निस्कन ब,न्देज लगाइएको हो। उनीहरूले तालिमदेखि अन्य कार्यालीय काम भित्रै गर्ने गरेका छन्। गणले तालिममा रहेका एक सय ९० जना र गणमा कार्यरक्त अन्य प्रहरीका लागि ‘लक इन’ गरिएको त्यहाँका सई रतन शर्माले बताए।

बाहिरबाट आउनेका लागि गेटमा साबुनपानीले हात धुने र मास्क अनिवार्य लगाउनुपर्ने बनाइएको सई शर्माले बताए। ‘भित्रै बसेर सबैलाई सु,रक्षित साथ काम गर्न भनेका छौं,’ उनले भने, ‘गेटमा क,डाइ गरेका छौं।’

कर्णाली प्रदेश छि,र्ने प्रमुख नाका बबई र दैलेखको गुराँसे र राकम कर्णालीमा स्वास्थ्यकर्मीबाट स्वास्थ्य जाँच भइरहेको छ। त्यस्तै दैलेख जिल्ला प्रहरी कार्यालयले पनि प्रहरी कार्यालय बाहिर साबुनपानीले हात धुनुपर्ने नियम लगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिबहादुर ओलीले बताए। प्रहरी युनिटमार्फत जिल्लाभर जनचेतनाका कार्यक्रम भइरहेको उनको भनाइ रहेको नागरिक दैनिकले खवर छापेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।