लन्डनमा आफूले भेटेकी भगवतीलाई कोरोना भएपछी नायिका साम्राज्ञीको यस्तो स्पष्टीकरण
काठमाण्डौं । विश्व कोरोना भा,इरसले आ,क्रान्त रहेको छ । विश्वका अधिकांश देश यसबाट आ,क्रान्त रहदा नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन। मंगलबार बाट लागु हुने गरि नेपाल सरकारले १ हप्ताको लागी लकडाउनको व्यवस्था गरेको छ। कोरोनाको त्रा,स र यसबीच बाहिरिएको एक समाचारले अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहको भने छुट्टै स्थिति बनेको छ। उनलाई भेटेकी एक फ्यान महिलालाई कोरोना भएको खबर बाहिरिएको छ।
सामाजिक संजालमा साम्राज्ञीलाई भेटेकी महिलालाई कोरोना भन्ने लगायतका समाचार आउन थालेपछि उनले अनेकन प्रतिक्रिया पाईरहेकी छिन्। साम्राज्ञीले उनलाई बेलायतमा चलचित्र मारुनीको बिशेष शो मा पुगेको बेला भेटेकी थिइन्। लन्डनमा रहेकी भगवती रानाभाटले सामाजिक संजाल मार्फत आफु कोरोना पोजेटिभ रहेको बताइसकेकी छिन् र सबैलाई सचेत रहन उनले अनुरोध गरिरहेकी छिन्।

यस बिषयमा उनले स्पष्टीकरण देखिएकी छिन्। उनि भन्छिन्, ‘मैले उनीसंग करिव २३ दिन अगाडी भेटेको थिए। म उनलाई चिन्दिन, त्यो नै हाम्रो पहिलो र अन्तिम भेट थियो। उहाले एउटा फोटो खिच्न अनुरोध गर्नु भयो र हामीले फोटो खिचेउ। तर अहिले जसरी समाचार आईरहेका छन् ती सबै भ्रामक रहेका छन्। म उहा र उहाको परिवारको लागी प्राथना गर्दछु र सवै सहयोग मिलोस भन्ने अपेक्षा गर्दछु।’ साम्राज्ञी सामाजिक संजालबाट कोरोनाको लागी तयार र सचेत हुनको लागी बारम्बार अनुरोध समेत गरिरहेकी छिन्। शाह यतिबेला घरमा नै रहेकी छिन् र उनि स्वस्थ रहेकी छिन्।
लन्डनमा कोरोनाभाइरसबाट सं,क्रमित भएर अस्पतालमा उपचार गराएकी लमजुङकी भगवती रानाभाट डिस्चार्ज भएकी छन् । उनका भाइ नाता पर्ने प्रकाश रानाभाटले भगवती मंगलबार अस्पतालबाट डिस्चार्ज भएको र घरमै स्वास्थ्यलाभ गरिरहेको जानकारी गराएका छन् ।


