विप्लव नेतृत्वको सरकारलाई यस्तो चे,तावनी (विज्ञप्ति सहित)
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लकडाउनका कारण श्रमजीवि वर्ग भोकभोकै म,र्ने अवस्था उत्पन्न हुन थालेको भन्दै तत्काल सहायता उपलब्ध गराउन माग गरेको छ । नेकपाका इलाम जिल्ला इन्चार्ज हिमालले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर जनता भोकभोकै म,र्ने अवस्था उत्पन्न भयो भने जनवि,द्रोहको अवस्था आउने र त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने चे,तावनी दिएका छन् ।
‘सरकार यतिबेला निरीह बनेको छ । सरकार चलाउने पार्टी होस् वा चुनावमा भाग लिने पार्टीका नेता आफू पहिला बाँ,च्न घरमा लुकेर बसेका छन् । चुनावको बेलामा टिसर्ट, तेल, मोटरसाइकल बाँड्ने, जाँ,डरक्सी खुवाएर करोडौँ सक्नेहरू आज २÷४ हजारको मास्क किनेर बाँड्नु त कता हो कता जनतासामु पनि देखासम्म परेका छैनन् ।
यही मौका छोपेर दैनिक उपभोग्य सामग्रीहरूको कृत्रिम अभाव उत्पन्न गरी कालोबजारी मौलाएको मात्रै होइन, महँगी दिनमा एक गुणा रातमा तीन गुणा बढेको छ’, जारी विज्ञप्तिमा भनिएको छ, भोकको कारणले जनताको मृ,त्यु हुन गयो भने जनताको बाँ,च्न पाउने अधिकारबाट वि,द्रोहको नेतृत्व लिन हाम्रो पार्टीको विकल्प छैन ।



