राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीद्वारा बेलायती प्रधानमन्त्रीलाई स्वास्थलाभको कामना

बेलायती प्रधानमन्त्रीलाई सघन उपचार कक्षबाट सा,रियो

काठमाण्डौं, २८ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानीलाई बिहीबार एक सन्देश पठाई कोरोना भा,इरसको उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको शी,घ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उक्त सन्देशमा बेलायतमा रहने समस्त नेपालीहरुको सं,रक्षण हुने विश्वास पनि व्यक्त गरेका छन् ।

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले बेग्लै सन्देश पठाई प्रधानमन्त्री जोन्सनको शी,घ्र स्वास्थ्यलाभको कामना गर्दै उनी कोरोनाविरु,द्धको ल,डाइँमा बेलायतको नेतृत्व गर्न सक्षम हुनुहुने विश्वास व्यक्त गरेका छन् ।

गत बिहीबार बेलायत सरकारका परराष्ट्र राज्यमन्त्री लर्ड अहमदले नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग टेलिफोन संवाद गरी नेपालमा रहेका बेलायती नागरिकको सु,रक्षा तथा फि,र्तीसम्बन्धी विषयमा कुरा गरेका थिए । उक्त अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले बेलायतमा रहेका नेपालीको सु,रक्षा तथा विद्यार्थीको स,मस्याबारेमा अवगत गराएका थिए । परराष्ट्रमन्त्री ज्ञवालीले नेपालमा बिदामा रहेका भूतपूर्व गोर्खा र तिनका परिवारका विषयमा समेत कुरा उठाएका लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

यसैबीच, पर्वतको महाशिला गाउँपालिकास्थित भोक्सिङ देउराली घर भई हाल बेलायतको नटिटन शहरमा रहेका ५६ वर्षीय मेखबहादुर गुरुङको कोरोना भा,इरसका बुधबार कारण मृ,त्यु भएको छ । उनी भूपु गोर्खा सैनिक थिए ।

बेलायती प्रधानमन्त्रीलाई सघन उपचार कक्षबाट सा,रियो

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्य अवस्थामा सुधार देखिएपछि सघन हेरचाह उपचार कक्षबाट साधारण वार्डमा सारिएको छ । यद्दपी उहाँ उपचारको क्रममा अस्पतालमा रहीरहने डाउनिङ स्ट्रीटले जनाएको छ ।

कोरोनाभाइरसको सं,क्रमणबाट थलिएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन गत् सोमबारदेखि लण्डनस्थित सेन्ट थोमस अस्पतालमा सघन हेरचाह उपचार कक्षमा भ,र्ना हुनुभएको थियो । कोरोनाभा,इरस सं,क्रमणको पुष्टि भएको दशदिनपछि उहाँ अस्पताल भर्ना हुनुभयो । उहाँको स्वास्थ्य अवस्थामा निकै सुधार आएको अस्पताल स्रोतलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

डाउनिङ स्ट्रीटले सघन उपचार कक्षमा अक्सिजन दिएर उपचार गरिएपनि भेन्टिलेटरमा नराखिएको प्रष्ट्याएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री जोन्सनको स्वास्थ्य लाभको कामना गर्नुहुँदै सघन उपचार कक्षबाट निस्किएको खबर सुनेर खुशी भएको प्रतिक्रिया दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖