नयाँ बर्ष २०७७ – धनकुटामा पनि सुनसान मै सिमित

धनकुटा खबर, १ बैशाख । विश्वभर सं,त्रास फै,लाएको कोरोना भाइरस कोभिड १९ का कारण नेपालीहरुको नयाँ बर्ष २०७७ को स्वागत सुनसान मै सिमित भएको छ ।

अघिल्ला अघिल्ला नयाँ बर्ष धुमधामसंग मनाईने गरेको नयाँ बर्ष यो बर्ष भने घर मै बसेर मनाईएको धनकुटानगरपालिका पृथूराम राईले बताए । उनले भने “ अघिल्ला बर्षहरुमा नयाँ बर्ष धुमधाम संग मनाइन्थ्यो तर यो बर्ष भने कोरोना भाइरस कोभिड १९ का कारण र लकडाउनका कारण घर मै सिमित भएको छ” ।

धनकुटामा अघिल्ला बर्षहरमा नयाँ बर्ष मनाउनेहरको विभिन्न पार्क, पिक्निकस्पोटहरुमा निकै चहल पहल हुने गरेको थियो तर यो बर्ष सबै सुनसान भएको अर्का स्थानिय दिपेश राईले बताए ।

नयाँ बर्षको अवसरमा स्थानिय स्तरका पर्यटन क्षेत्रमा सर्वसाधारणको चहल पहल हुनाले आन्तिरीक पर्यटनमा समेत नयाँ बर्ष अवसरको रुपमा सदुपयोग हुने गरेको थियो तर यो बर्ष त्यो समेत हुन सकेन भने धनकुटाको पर्यटकीय क्षेत्र भेडेटार, नाम्जे, नमस्ते झरना, मूलघा,ट, धनकुटाको चुलिवन,हिले लगायतका सबै पर्यटकीय क्षेत्रले सुनसान रुपमै नयाँ बर्ष २०७७ को स्वागतको स्वागत गरे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।