लेउती खोलाको बगरमा बालुवा चालेर जिविकोपार्जन गर्ने मजदुरलाई खै त राहत ? (भिडियो सहित)
धनकुटा । साँगुरी गढी गाँउपालिकाम जम्मा हुने कर मध्ये लेउति खोलाको बालुवा पनि मुख्य हो । तर त्यहि कर उपलब्ध गराउन महत्वपुर्ण भुमिका खेल्ने बालुवा चाल्ने वर्ग अहिले गाँउपालकाले मजदुर हुदा खानेलाइ बितरण गर्ने भनिएको राहत पाँउनेको लिष्टमा अटाउन सकेनन् ।
यति बेला ति नै मजदुर बर्ग स,मस्यामा छन् । उनिहरुले न त कामनै गर्न पाएका छन् न त राहतनै । धनकुटाको लेउति खोलामा दैनीक १५० भन्दा बढि ब्याक्तिको दैनीकी गिटी बालुवा चालेर बित्ने गरेको छ । धनकुटा सहित तेह्थुम भोजपुर उदयपुर लगायत जिल्लावाट आएर बालुवा चालेर जिबिकोपार्जन गदै आएका छन् ।
तर पछिल्लो समय लकडाउनका कारण उनिहरुको दैनिक रोजिरोटि समस्यामा परेका छन् । त्यस्तै स्थानिय तहले न्युन आय भएका तथा दैनिक ज्यालादारी गर्नेले पाउने राहत समेत स्थानिय तहले राहत कम भएको कारण देखाउदै राहत समेत नदिएपछि थप समस्यामा परेका छन् । स्थलगत रिपोर्ट


