धनकुटामा कोरोना फैलन नदिन प्रभावकारी अभियान सञ्चालन भैरहेको छ – राजेन्द्र राई

धनकुटा खबर, वैशाख ३ । धनकुटामा कोरोना भाईरस फैलन नदिन प्रभावकारी अभियान सञ्चालन भैरहेको प्रतिनीधि सभाका सदस्य राजेन्द्र राईले वताउनु भएको छ । नेकपा धनकुटाद्धारा आज धनकुटामा आयोजित पत्रकार सम्मेलनमा उहाँले त्यस्तो वताउनुभएको हो ।

धनकुटाबाट प्रतिनिधित्व गर्ने प्रदेश सभाका सदस्य, धनकुटा जिल्ला समन्य समितिका प्रमुख, स्थानीय तहका प्रमुखहरु सहितको उपस्थितीमा सञ्चालित पत्रकार सम्मेलनमा उहाँले सवै तहले आ-आफ्नो स्थानमा कोरोनाभाईरस फै,लिन नदिन थप प्रभावकारी कामहरु सञ्चालन गर्न र जो,खिममा परेको समुदायहरुलाई सरल तकिारले राहत उपलब्ध गराउन आग्रह पनि गर्नु भएको भयो ।

सांसद राईले कोरोना भाईरस फैलन नदिन सवैको सहयोग र सहभागीता आवाश्यक रहेकोले नागरिकहरुले पनि आ-आफ्नो क्षेत्रबाट योगदान दिनु पर्नेमा समेत जोड दिनु भयो ।

त्यस्तै प्रदेश सभाका सदस्यहरु इन्द्रमणी पराजुली, निरन राई, जिल्ला समन्वय समितिका प्रमुख टंक चौहान लगायतले कोरोना भाईरस सं,क्रमण नि,यन्त्रणकोवारे आ आफ्नो धारणा राखेका थिए । पत्रकार सम्मेलनमा धनकुटाका स्थानिय तहका प्रमुख एवम् उपप्रमुखले कोरोना भाईरस नि,यन्त्रणका लागि आ आफ्नो पालिकाको अवस्थाको वारेमा जानकारी गराएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।