नेताको घरघरमा चिनियाँ राजदूत – ओली ह,ट्ने चिन्ताले छ,टपटी

काठमाडौं । नेपालको राजनीतिमा वैदेशिक ह,स्तक्षेप हुने गरेको भनिएका बेला सत्तारुढ दल नेकपाको वि,वाद उ,त्कर्षमा पुगेसँगै नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीको भे,टघाटले तीव्रता पाएको छ । सत्तारुढ दलभित्रैबाट केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट ह,टाउने खेल सुरु भएसँगै राजदूत यान्छीले राजनीतिक दलका नेताहरुलाई भे,टघाट गरेकी छन् ।

विश्वभर कोरोनाभाइरस (कोभिड १९)को महामा,री छ । यसको सं,क्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको छ । यसबेला अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन भनिएको छ । तर, राजदूत यान्छी भने राजनीतिक विषयलाई लिएर नेताहरुको घर घरमा पुगेकी छन् ।

एक साताअघिदेखि नै प्रधानमन्त्री ओलीको पद थमौतीका लागि स,क्रियता बढाएकी यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सि जिनपिङसँग टेलिफोन संवाद गराएकी थिइन् । यान्छीले बिहीबार साँझ मात्र प्रधानमन्त्री ओलीसँग बालुवाटारमा पछिल्लो समय देखिएको राजनीतिक घ,टनाक्रमबारे चासो राखेकी थिइन् । स्रोतका अनुसार ओलीले राजदूत यान्छीलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मनाउन आग्रह गरेपछि उनी शुक्रबार बिहानै प्रचण्ड निवास खुमलटार पुगेकी थिइन् ।

प्रचण्ड र राजदूत यान्छीले कोरोना महामा,रीका बेला सरकारको नेतृत्व परिवर्तन गर्नु उचित नहुने सल्लाह दिएको स्रोतले बताएको छ । उनले अहिले फुटेरभन्दा पनि जुटेर अघि बढ्नुपर्ने धारणा राखेको बुझिएको छ ।प्रचण्डले भने प्रधानमन्त्री ओलीको रा,जीनामाका विषयमा तत्काल कुनै प्रतिक्रिया नजनाएको बताइन्छ । भित्रभित्र प्रचण्डले स,क्रियता बढाए पनि बाहिर भने त्यस्तो केही देखिएको छैन ।

प्रचण्डसँग भे,टेपछि शुक्रबार राजदूत यान्छी नेकपाकै वरिष्ठ नेता माधवकुमार नेपाललाई उनकै निवास कोटेश्वरमा पुगेर भेटेकी छन् । खुमलटारमा पुगेर प्रचण्डलाई भेटेकी राजदूत यान्छीले त्यसपछि नेपाल निवास कोटेश्वर पुगेर नेता नेपालसँग प्रधानमन्त्री ओलीलाई नह,टाउन आग्रह गरेको स्रोतको भनाइ छ । नेता नेपाल नेकपा विदेश मामिला विभाग प्रमुखसमेत हुन् ।-क्यानडा नेपालबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।