प्यूठानमा २ जनामा देखियो आरडीटी पोजेटिभ

सुजल श्रेष्ठ, प्यूठान, वैशाख २७ । प्यूठान जिल्लामा दुई जनामा आरडीटी टेष्ट गर्दा पोजेटिभ देखिएको छ ।

प्यूठान नगरपालिका–२ स्थित सिदार्थ हलको क्वारेन्टाइनमा बसेका दुई जना पुरुषमा आरडीटी पोजेटिभ देखिएको प्यूठान नगरपालिकाका स्वास्थ्य संयोजक गोविन्द घिमिरेले बताउनुभयो ।

दुई जना पुरुषमा आरडीटी पोजेटिभ देखिएको छ, उहाँले भन्नुभयो, थप जाँचका लागि स्वाव संकलन गरेर पीसीआर गरेपछि पुष्टि हुन्छ । उहाँका अनुसार पोजेटिभ देखिएका व्यक्ति दुवै जना पुरुष हुन् । उनीहरुको उमेर २० वर्षदेखी ४५ वर्षबीचको रहेको छ ।

क्वारेन्टाइनमा बसेका उनीहरुलाई आज आरडीटी गरेर घर पठाउन लागिएको बेला रिर्पोट पोजेटिभ देखिएपछि पुनः क्वारेन्टाइनमै राखिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।