कोरियामा सामान्य बन्दै गएको दैनिकी पुनः त्रा,समा – फेरी देखियो सा,मूहिक कोरोना स,ङ्क्रमण

काठमाण्डौं, २८ वैशाख । कोरोना स,ङ्क्रमण नि,यन्त्रणमा ल्याउन सक्ने देश दक्षिण कोरिया भनेर स,र्वत्र चर्चा हुनुका साथै यहाँको दैनिकी सामान्य हुँदै गरेका बेला यहाँ पुनः सा,मूहिक कोरोना स,ङ्क्रमण देखिएको छ ।

पछिल्लो समय राजधानी सउलको इथेवन बजारबाट सा,मूहिक स,ङ्क्रमण भएको देखिएको हो । आइतबार ३४ नयाँ स,ङ्क्रमित देखापरेको दक्षिण कोरिया रोग निय,न्त्रण केन्द्रले जनाएको छ । यो सङ्ख्या अप्रिल ९ पछिको सबैभन्दा धेरै हो ।

अन्दाजी २९ वर्षीय एक कोरोना भाइरस स,ङ्क्रमित इथेवन बजारको विभिन्न रात्रि क्लबहरूमा पुगेपछि त्यहीँबाट स,ङ्क्रमण शुरु भएको हो । उक्त स,ङ्क्रमित व्यक्ति मे १ र २ तारिखमा विभिन्न रात्रि क्लब र बजारमा पुगेपछि उसको स,ङ्सर्गमा पुगेका दुई हजार जना बढीमा पनि स,ङ्क्रमण फै,लिन सक्ने अनुमान गरिएको छ । त्यसैले यहाँ रहेका नेपाली संस्थाका प्रतिनिधिले पनि उक्त स्थान आसपासमा विशेष स,तर्कता अपनाउन सम्पूर्ण नेपालीमा आग्रह गरेका छन् ।

यसरी कोरोना भाइरसको सा,मूहिक स,ङ्क्रमण देखापरेपछि दक्षिण कोरिया सरकारले सउल आसपासका सम्पूर्ण क्लब तथा बारहरू बन्द गर्ने निर्णय गरेको छ । साथै स,ङ्क्रमित व्यक्ति पुगेको समयमा क्लबमा उपस्थित सबैलाई स,म्पर्कमा ल्याइ स्वास्थ्य परीक्षणको तयारी गरिएको समेत बताएको छ । हालसम्म लकडाउन नगरेरै कोरोना स,ङ्क्रमण नि,यन्त्रण गरेको देश दक्षिण कोरियामा कोरोना भाइरस स,ङ्क्रमितको सङ्ख्या १० हजार ८०० को हारहारीमा छन् भने नौ हजारभन्दा धेरै स,ङ्क्रमित निको भइसकेका छन् ।रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।