चारोको अ,भाव भएपछि कुखुराले कुखुरा खाँ’दै, ३ करोड बढीको कुखुरा जम्मा

पाँचथर,जेठ ६ । ल,कडाउनका कारण पाँचथरमा अहिले कुखुराको मासु ख,पत नहुँदा कुखुरापालक कृषक तथा पोल्ट्रीफार्म डिलरहरु स,मस्यामा परेका छन् ।

ल,कडाउनको समयमा मात्रै रु तीन करोडको कुखुरा अहिले जाममा परेको छ भने अर्कोतिर ती कुखुरालाई दिने दानाको समेत अ,भाव हुँदा कृषक र व्यवसायी मर्कामा परेका हुन् ।

फिदिम नगरपालिका–२ पल्लोटारका कृष्ण मुरारी ओझाले ल,कडाउनको समयमा ब्रोइलर कुखुराको चल्ला लगाए, उनले लगाएको चल्ला आजसम्म ७५ दिनको भइसक्यो । फ्रेसहाउस नखोलिनु र मासुको ख,पत नभएपछि अहिले उनको मात्रै रु १५ लाख बढीको कुखुरा अब खपत हुनेमा शङ्कै छ । उनी भन्छन्, “अब बैंकको ऋ,णको किस्ता कसरी तिर्ने, अवस्था यस्तो भ,यानक भयो, अब यसतर्फ राज्यको पनि ध्यान पुगोस् ।”

यस्तै फिदिम–४ थाक्लेमा केशव खनालले लगाएको एक हजार १०० कुखरामा अहिले दानाको अ,भाव र समयमै कुखुरा नउठाइदिँदा कुुखराले कुखुरालाई नै ठुँगेर र चारो खान नपाएर ३५० बढी कुखुरा म रिसकेका छन् । “रु १० लाखको कुखरा लगाइयो, अब बैंकबाट ऋण लिएर लगाएको कुखुरा नउठाइदिँदा त्यो पैसा कसरी तिर्ने कुनै उपाय छैन, यसका लागि सम्बन्धित निकायले हामीलाई पनि हेरिदिनुपर्यो”, खनालले भने ।

उनीहरू त प्रतिनिधि पात्र मात्रै हो, उनीहरूजस्ता धेरै कृषकले लगाएको कुखुरा अहिले जाममा परेको छ । चल्ला लगाएको ४५ दिनदेखि ५० दिनभित्रमा कुखुराको चल्ला उठाइसक्नुपर्ने हुन्छ तर अहिले १०० दिन कटेको कुखुरा पनि डिलर्सले उठाउन सकेका छैनन् जसका कारण पाँचथरमा मात्रै रु तीन करोड बढीको कुखुरा अहिले खपत हुन नसकेको पोल्ट्री हाउस सञ्चालक बताउँछन् ।

पाथीभरा पोल्ट्रीफार्मका सञ्चालक कुमार खरेलले भने, “चारो झापाबाट ल्याउनुपर्ने हो, नियमितरूपमा ल्याउन सकिएको छैन, ल्याएको चारो सबै कुखुरापालक कृषकलाई पु¥याउन सकिएको छैन, कुखुराको ख, पत छैन, लक,डाउनका कारण फ्रेसहाउस बन्द छन्, पोल्ट्री सञ्चालक, कुखुरापालक कृषक म,र्कामा परेका छन् ।”

यसअघि दैनिक ५०० बढी कुखुरा सदरमुकाम फिदिममा मात्रै खपत हुने गरेको थियो । अहिले पाँचवटा सम्म कुखुरा बिक्री हुने अवस्था नभएको फ्रेसहाउसहरु बताउँछन् । अब राज्यले क्ष,तिपूर्ति दिनुपर्ने तथा बिनाब्याज ऋ,ण उपलब्ध गराउनुपर्ने कुखुरापालक कृषकको माग छ ।

कुखुरापालक कृषक अहिले दोहोरो मा,रमा परेका छन्, एकातिर डेढ महिनामा उठाउनुपर्ने कुखुरा तीन महिनामा पनि डिलरले उठाउन सकेको छैन भने अर्कोतिर कुखुराको वजन निरन्तर घट्ने भएको हुँदा कृषक दोहोरो मारमा परेका हुन् । अब यी कुखुराको मासु खपत भइसक्न ल,कडाउन खुलेर सहज परिस्थिति भयो भने पनि झण्डै दुई महिना लाग्ने पोल्ट्रीफार्र्म डिलर्सहरु बताउँछन् ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।