लहलहाउँदो मकै किराले स खाप पारेपछि किसानको पिरोलो

महोत्तरी, जेठ ११ गते । घामपानी नभनी गरेको मेहेनतले लहलहाएका मकैको बोटले दिएको खुशी महोत्तरीका किसानका अनुहारमा धेरै टिक्न सकेन । सुत्ला चेप्न लागेकादेखि भर्खरै हुर्कँदै गरेका बोट किराले सखाप पारेपछि महोत्तरीका किसानको पिरोलो बढेको हो । अहिले मकैखेती गरिएका फाँटमा किराले गुबोसमेत खाएर सखाप पारेका मकैका बोटका डाँठमात्र ठडिएका देखिन्छन् । मकै सोतर पार्ने फौजी किरा भएको किसानको निष्कर्ष छ ।

“अहिले सबै उमेरका मकैका बोटमा किराको प्रकोप छ, सुत्ला (घोगा लाग्नअघिको अवस्था) च्याप्न लागेका बोट एक–दुई दिनभित्रै पात र गुबोविहीन भएका छन्”, बारीमा किराले सखाप पारेको मकैका बोट देखाउँदै भङ्गाहा नगरपालिका–४ का किसान सत्यनारायण यादवले लामो सुस्केरा हाल्दै भन्नुभयो, “अब मकै बाली भित्र्याइने आस म¥यो ।” कोरोना महामारीबीच खेतबारीमा लहलहाएको मकै देख्दा खुशी भएको मन भाँच्चिएको किसानको भनाइ छ । किराले बोटमै सोतर पारेपछि किसान मकैका बोट काटेर गाईवस्तुलाई खुवाउन थालेका छन् ।

महोत्तरीका गौशाला, औरही, भङ्गाहा र बर्दिवास नगरपालिका क्षेत्रमा सघन मकैखेती गरिँदै आइएको छ । यसपालि मकै रोपेदेखि नै समयसमयमा परेको पानीले बोट हलक्क बढेर राम्रो उत्पादन लिने आस पालेका किसान अहिले किराले बोट सखाप पारेपछि बिलखबन्द परेका छन् । “तरकारी लकडाउनले गर्दा बजार लान नसकेर खेतबारीमै कुहियो, मकैको यो दशा भयो”, बर्दिवास नगरपालिका–९ पशुपतिनगरका किसान विनोद महतोले बिरक्तिदै भन्नुभयो, “अबचाहिँ जहान परिवारको गुजारा हामी किसानले के गरी गर्नु होला ?”

जिल्ला–जिल्लाका जिल्ला कृषि विकास कार्यालय हटेसँगै आवश्यक कृषि परामर्श र उपचार प्रबन्धको सल्लाह पनि पाउन छाडिएको किसानको गुनासो छ । “सबै सेवा स्थानीय तहमा भनेको त सुन्दछौँ, तर कहिल्यै कृषि प्राविधिक हाम्रा बस्तीमा देखिँदैनन्”, औरही नगरपालिकाको भोइल बस्तीका ७० वर्षीय किसान मोहन महतो भन्नुहुन्छ, “जिल्लाका कुनै स्थानीय तहले कृषि शाखाको राम्रो सञ्चालन गरेका देखिँदैन ।”

अहिले मकैबाली सोतर पार्ने किरालाई किसानले अमेरिकी फौजी किरा भन्ने गरेका छन् । बाली हेर्ने बुझ्नेहरुले ‘यो त अमेरिकी फौजी किरा हो’ भन्ने गरे पनि यहीँका बालीविज्ञले भने मकैबाली सखाप पार्ने कुन किरा हो यकिन गरेका छैनन् । “अहिले मकैबाली सखाप पार्ने किराबारे यकिन हुनसकेको छैन”, प्रदेश नं २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका बाली विकास अधिकृत मनिषकुमार पालले भन्नुभयो, “यसबारे अध्ययन–अनुसन्धान हुन जरुरी छ ।”

महोत्तरीमात्र नभएर बृहदरूपमा मकैखेती गरिने छिमेकको सर्लाही जिल्लामा पनि यो समस्या देखिएको छ । यद्यपि महोत्तरी र सर्लाही जिल्ला कार्यक्षेत्र भएको कृषि ज्ञान केन्द्र मलङ्गवाले अझसम्म किसानलाई सार्वजनिक अपिल नै जारी गरेर पनि केही नबताएको दुवै जिल्लाका किसान बताउँछन् ।

यसैबीच बर्दिवास नगरपालिकाले मकैबालीमा देखिएको समस्याबारे चासो बढाएको छ । नगरप्रमुख बिदुरकुमार कार्कीले कृषि प्राविधिक र बाली विज्ञसहितको टोली मकै लगाइएको ठाउँमै पु¥याएर स्थलगत अध्ययन गर्न लागेको बताउनुभयो । तत्काल यो समस्या नियन्त्रण गर्न आवश्यक पहलकदमी लिइने कार्कीको भनाइ छ । यता किसानले भने अब अध्ययन, अनुसन्धान गरेर आउने वर्षका लागि मात्र कामयावी हुनसक्ने जनाएका छन् । महोत्तरी र सर्लाहीमा गरी अहिले २० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा मकैखेती हुँदै आएको छ ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।