स्वरोजगार स्थापना गर्न अहिले देखी नै अभियान सञ्चालन गर्नु पर्छ – प्रवक्ता शर्मा
धनकुटा खबर, जेष्ठ ११ । नेपाली कांग्रेसका प्रवक्ता युवा नेता विश्वप्रकाश शर्माले यूवायुवतीका लागि स्थानीय स्तरमै उत्पादन मुलुक रोजगार एवम् स्वरोजगार स्थापना गर्न अहिले देखी नै अभियान सञ्चालन गर्नु पर्नेमा जोड दिनुभएको छ ।
नेपाली कांग्रेस धनकुटाद्धारा आयोजित प्रविधि मैत्री जुम भेला तथा अन्तरक्रियालाई सम्बोधन गर्दै उहाँले त्यस्तो कुरामा जोड दिनुभएको हो । अहिले कोरोना भाईरसविरुद्धको ल,डाई चलिरहेको र यसपछि भो,कमरीविरुद्धको यु,द्धमा लाग्नु पर्ने सम्भावना रहेको भन्दै उहाँले भावि दिनमा हुनसक्ने समस्या समाधानका लागि पनि यूवायुवतीका लागि स्थानीय स्तरमै उत्पादन मुलुक रोजगार, स्वरोजगार स्थापना गर्न अहिले देखी नै लाग्नुपर्ने आवश्यक्ता औल्याउनुभयो ।
उहाँले भन्नुभयो “कोरोना भाईरससँगको यु,द्ध समाप्तिपछि मुलुकमा ठूलो खाद्यान्न अभावका साथ चरम आर्थिक सं,कट हुन सक्ने भएकाले भारत लगायत विदेशी मुलुकबाट स्वदेश फर्कने लाखौ यूवा युवतीलाई स्थानीय स्तर मै उत्पादन मुलुक रोजगार, स्वरोजगार स्थापना गर्न अहिले देखी नै अभियान सञ्चालन गर्नुपर्छ ।” उहाँले पार्टीका सम्पूर्ण कार्यकर्तालाई आ-आफ्नो टोलमा कोरोना भाईरस विरु,द्धको अभियान सञ्चालन गर्दै जोखिममा परेका वृद्ध वृद्धा, दिर्घरोगी, ग,र्भवती, सुत्केरी, अपाङ्गता, र विरामीहरुलाई सहयोग गर्न आग्रह समेत गर्नु भयो ।

कोरोना भाईरसविरुद्धको ल,डाई सरकारको एक्लो प्रयासबाट मात्र सफल नहुने भएकाले कांग्रेसले सवैभन्दा पहिले सरकारको राहत कोषमा सहयोग रकम जम्मा गरेको उल्लेख गर्दै उहाँले आउदा दिनमा पनि सहयोगका साथ अघि वढ्ने वताउनुभयो ।
प्रवक्ता शर्माले हरेक राजनीतिकर्मीले हप्ताको चार दिन रोटीका लागि र तीन दिन पार्टीका लागि काम गर्नु पर्ने वताउनु भयो । राजनीतिकर्मीलाई आत्मानिर्भर, आर्थिक अनुशासित र क्षामतावान बनाउदै राजनीतिलाई सवै क्षेत्रबाट सम्मानित बनाउन समेत कांग्रेसले हरेक कांग्रेसजनलाई हप्ताको चार दिन रोटीका लागि र तीन दिन पार्टीका लागि काम गर्ने वातावरण बनाउने वताउनु भयो ।
कालापानी, लिपुलेकको विषयमा उहाँले ऐतिहासिक दस्तावेजको आधारमा यी भू भाग नेपाल कै भएको र राजा महेन्द्रको पालामा भारतले अ,तिक्रमण गरी सेना राख्न शूरु गरेको स्मरण गराउँदै यसवारेमा कुटनैतिक अधारमा दुई देशीय तथा त्रीदेशीय वार्ता एवम् पहल गर्ने त्यसो पनि नभए अन्र्तरािष्टय दवावका आधारमा भारतीय सेना ह,टाउन पहल गर्नुनै उत्तम हुने वताउनु भयो ।
भेलामा नेपाली कांग्रेसका आ,मन्त्रित केन्द्रिय सदस्य संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठले सरकार अर्कमणकारी गैरजिम्मेवारी भएका कारण कोरोना भाईरस नि,यन्त्रण नभई फैलदै गएको वताउनु भयो । उहाले पि सि आर प्रमाणीकरणलाई ति,व्रता दिदै परिक्षण विधिलाई फराकिलो बनाउनु पर्ने सुर,क्षाकर्मी, चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक लगाई फ्रन्ट लाईनमा काम गर्नेहरुलाई पि पि ई किट लगायत सुर,क्षित तथा स्वास्थ्य समाग्रीहरु उपलब्ध गराउनु पर्नेमा जोड दिनु भयो ।
पार्टीका जिल्ला सचिव विजय सन्तोषी राईको अध्यक्षमा भएको भेलामा कोषाध्यक्ष दिनेश राईले कार्यक्रमको उदेश्य प्रकाश पार्नुभएको थियो भने पूर्व जिल्ला सहसचिव राजन पौडेल र कोषाध्यक्ष राईले भेलाको सहजीकरण गरेका थिए । स्वागत मन्तव्य जिल्ला सदस्य निर्मल प्रसाद ओझाले राख्नुभएको थियो ।


