मकाउ क्यासिनोका बादशाह स्टान्लेको नि धन

हङकङ, जेठ १३ गते।चीनमा आधुनिक क्यासिनाका पिता भनेर चिनिने मकाउका क्यासिनो बादशाह स्टान्ले हो को मंगलबार हङकङमा नि,धन भएको छ । उहाँ ९८ वर्षका हुनुहुन्थ्यो ।

अर्बपति क्यासिनो लगानीकर्ता स्टान्लेको मकाउका क्यासिनोमा झण्डै चार दशक एकछत्र साम्राज्य थियो । उहाँले मकाउलाई क्यासिनोमा एसियाकै उत्कृष्ट गन्तव्य बनाउन प्रमुख भूमिका खेल्नु भएको थियो ।

उहाँ पूर्व पोर्चुगाली उपनिवेश मकाउकै सर्वाधिक धनी व्यक्ति हुनुहुन्थ्यो । उहाँको चीन र हङकङमा समेत ठूलै प्रभाव थियो, तर अमेरिकी अधिकारीहरुका अनुसार स्टान्लेको सम्बन्ध र सम्पर्क संगठित अपराधी समूहसँग पनि रहेको थियो । अग्ला, निकै आकर्षक र चिनियाँ तथा युरोपेली शैली सम्मिश्रण भएका स्टान्लेका चार जना पत्नीबाट १७ जना छोराछोरी जन्मेका थिए ।

तर स्टान्ले आफैंले भने क्यासिनो नखेलेको विश्वास गरिन्छ ।
एसोसिएटेड प्रेसले सन् २००१ मा लिएको अन्तर्वार्तामा स्टान्लेले भन्नुभएको थियो, “म जु,वा खेल्दिनँ । मलाई त्यति धैर्य नै हुँदैन । यस्ता खेलबाट पैसा कमाउने आशा पनि गर्नु हुँदैन । यो घरभित्र खेलिने खेल हो, र यो घरभित्रै सीमित हुन्छ ।”

स्टान्लेले क्यासिनोजस्ता मनोरञ्जन उद्योगदेखि हेलिकप्टर सेवा, होटल, डिपार्टमेन्ट स्टोर, मकाउको विमानस्थल र घोडादौड कोर्समा लगानी गर्नु भएको थियो । उहाँको सन् २००९ मा मस्तिष्कको शल्यक्रिया गरिएको थियो, र त्यसपछिका दिनहरुमा उहाँ अक्सर ह्वीलचेयरमा सार्वजनिक समारोहमा देखिने गर्नु हुन्थ्यो । पछिल्ला दिनहरुमा उहाँ आफ्ना सन्तानलाई सम्पत्तिको बाँडफाँडका विषयमा तनाबमा पर्नु भएको थियो ।रासस/एपी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।