कोरियामा मास्क नलगाइ यात्रा गर्न नपाइने
सउल, जेठ १४ गते । कोरोना म,हामारी नियन्त्रण गर्न सफल देश भनेर चिनिएको दक्षिण कोरियामा दोस्रो म,हामारीको रूप नलेओस् भन्नका लागि मङ्गलबारदेखि यहाँ मास्क अनिवार्य गरिएको छ । ‘नो मास्क, नो राइड’ भन्ने नयाँ नियमानुसार ट्रेन, बस र ट्याक्सीमामा यात्रा गर्ने यात्रु तथा चालकले समेत अनिवार्यरूपमा मास्कको प्रयोग गर्नुपर्ने छ ।
मास्क प्रयोग नगरी यात्रा गरे÷गराएमा का,रवाही हुने रो,ग नि,यन्त्रण महाशाखा केसिडीसीले बताएको छ । नियम उ ल्लङ्घन गर्ने यात्रुलाई यात्रामा प्र,तिबन्ध लगाइ कानूनअनुसार का,रवाहीसमेत गरिने नियममा उल्लेख छ ।
अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानमा यात्रा गर्ने यात्रुलाई भने आजदेखि यो नियम लागू हुने जनाइएको छ । सार्वजनिक यातायातबाट कोरोना स,ङ्क्रमण फैलिने जो,खिमदर उच्च हुने भएकाले स,ङ्क्रमण नफैलियोस् भनेर यो नियम जारी गरिएको जनाइएको छ । नियमानुसार मास्क नलगाइ यात्रा गर्न चाहने यात्रुलाई बस वा ट्याक्सी चालकले यात्रामा रोक लगाउनसमेत सक्नेछन् ।
यससँगै केही अघि मात्र इथेवन शहरको एक रात्रि क्लबबाट स,ङ्क्रमण फैलिएपछि यहाँका क्लब तथा बारहरु पनि बन्द गरिएका छन् । कोरियामा ११ हजार २२५ कोरोना स,ङ्क्रमित छन् भने १० हजार २७५ बढी निको भएर घर फर्किसकेका छन् । हालसम्म कोरियामा कोरोना सङ्क्रमणबाट मृ त्यु हुनेको सङ्ख्या २६९ रहेको छ ।


