धनकुटाको चुलिबनमा तेजपात लगायतका बिरुवा रोपियो
धनकुटा खबर । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले वृक्ष रोपण गर्दै आफ्नो २५ औं वार्षिक उत्सब तथा रजत जयन्ती मनाएको छ ।
सामुदायिक वन उपभोक्ता जिल्ला महासंघ धनकुटाको संम्योजन तथा चुलीवन सामुदायिक बन उपभोक्ता समुहको व्यवस्थापनमा धनकुटा नगरपालिका वडा नम्वर ७ स्थित चुलिवन सामुदायिक वनमा विभिन्न प्रजातिका बिरुवा रोप्दै वार्षिकोत्सव एवम् रजत जयन्ति मनाएको हो ।
वार्षिकोत्सवको अवसरमा चुलिवन सामुदायिक वनमा सल्लो, तेजपात लगायतका बिरुवा रोपिएको सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष नील बहादुर थापाले जानकारी दिनुभयो ।
यो अवसरमा जिल्लाभरका सबै सामुदायिक वनहरुमा बृक्षा रोपण गर्ने अभियान अनसार चुलिवन सामुदायिक वनमा बृक्षा रोपण गरिएको हो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउनका कारण खुला कार्यक्रम गर्ने अवस्था नभएकाले महासंघले गत जेठ १६ गते सञ्चार माध्यमहरुमा सूचना प्रवाह, १७ गते दिपावली र आज सामुदायिक वनहरुमा बृक्षारोपण गर्ने निर्णय बमोजिम तीन दिन रजत जयन्ति मनाईएको जिल्ला महासंघ धनकुटाले जनाएको छ ।
जिल्ला महासंघका अध्यक्ष थापाले महासंघले सामुदायिक वन उपभोक्ताहरुको हकहितका हाल बनेका कानुनहरुले काम गर्न सक्यो सकेन भन्ने विषयको सेरोफेरोमा रहेर अगाडि बढेमा उपभोक्ताहरुलाई आयआर्जनका क्षेत्रमा लगाई सिङ्गो राष्ट्रलाई अगाडि बढाउन सकिने भन्दै कार्यक्रममा उपस्थित सम्पूणलाई धन्यवाद ज्ञापन गर्नुभयो ।


