सल्भ लघुवित्तद्वारा आर्थिक सहयोग
धनकुटा खबर, १९ जेठ । सल्भ लघुवित्त शाखा कार्यालय लेगुवाले भोजपुरको अरुण गाउँपालिका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
कोरोना भाइरस कोभिड १९ ले उत्पन्न गराएको विषम परिस्थीतीमा सहयोग पु¥याउने उदेश्यका साथ रु १० हजार आर्थिक सहयोग गरेको सल्भ लघुवित्त शाखा कार्यलय लेगुवाका कर्मचारी कृष्ण प्रसाद पराजुलीले जानकारी दिए ।
कार्यलयले अरुण गाउँपालिकाकी उपाध्यक्ष बिनिता ढकाल लाई सेन्चुरी बैंकमा रुपैया जम्मा गरेको भौचर प्रदान गरेको कार्यलयले जनाएको छ ।



