धनकुटा नगरपालिका-३ का कृषकलाई पानी जम्मा गर्ने हिल टंकी वितरण

धनकुटा खबर, जेष्ठ १९ । धनकुटा नगरपालिका वडा नम्बर ३ कृषकहरुलाई आज पानी जम्मा गर्ने हिल ट्याङ्की वितरण गरिएको छ ।

सांसद विकास कोष अन्तरगर्त ८० प्रतिशत अनुदानमा हिल टंकी वितरण गरीएको हो । स्याउले आर्गानिक तरकारी कृषी समुहको आयोजनामा त्यस वडाका १ सय ४५ घरधुरीलाई ट्याङ्की वितरण गरीएको हो ।

कोरोना भाईरस कोभिड १९ का कारण मानिसहरु कृषी तर्फ आर्कषित भएको र उनीहरुलाई कृषी क्षेत्रमा सहयोग पुर्याउन उदेश्यले ट्यांकी वितरण गरिएको ३ नं वडाध्यक्ष विकास घिमिरेले जानकारी दिनुभयो ।

यस अघि पनि वडाले किसानहरुलाई मकै, टमटर, बोडी लगायतको विउ वितरण गरेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖