धनकुटाका किसानलाई यूएनडिपी र पर्डेप नेपालको सहयोगमा वाईफाई जडान

कृषीज्ञान र कोरोना बारे जानकारी लिन सहज

मानवी मोक्तान, धनकुटा । धनकुटा नगरपालिकामा यूएनडिपिको आर्थिक सहयोग र पर्डेप नेपालको प्राबिधिक सहयोगमा नगरभित्रका कृषकलाई वाइफाइ सेवा वितरण गरेको छ । वाइफाइ सेवा मार्फत कृषलाई अहिले विभिन्न कृषि सम्बन्धि सुचना र कोभिट १९ कोरोना भाइरसको विषयमा जानकारीलिन सहज भएको छ । अहिले कृषकहरु सामाजीक दुरी कायम गरेर एक ठाँउमा भेला भएर वाइफाइ सेवा लिइरहेका छन् ।

धनकुटा नगरपालिकाको १ , २, ३ र १० नं वडाहरुमा कृषकहरुलाई यूएनडिपि र पर्डेपनेपाल को प्राबिधिक सहयोगमा ३० वटा फाइबर सहितको छिन्ताङदेवि केबल नेट्वर्क प्रलिद्धरा सञ्चालित टेकमाइन्स इन्टरनेट संग समन्वय गरि कृषकहरुलाई सामुहिक रुपमा नेट चलाउन मिल्ने गरी गाँउ का टोलमा टोलमा एक एक वटा जडान गरिदिएको छ ।

धनकुटा नगरपालिकाको वाड नं १ का कृषक दुर्गा बहादुर दर्लामि मगरले मोबाइलमा धनकुटा स्मार्ट कृषि एप्स डाउनलोड गरेर बजार मुल्य , मौषम सम्बन्धि जानकारी , कृषि सम्बन्धि नयाँ नयाँ प्रबिधि र विभिन्न बालीनालिमा लाग्ने रोग तथा किरा हरुको विषयमा समाधानका उपायहरुको विषयमा जानकारीहरु लिइरहेको बताएकाछन् । साथै अहिले कोरोना माहामारीको विषयमा देशविदेशमा भएगरेका घट्नाको जानकारी लिन र कोरोना बाट बच्नकालागी विभिन्न जानकारी मुलककुराहरु सिक्नलागि यूएनडिपिले वाइफाइ जडान गरिदिएर धेरै सजिलो भएको उहाँको भनाइछ ।

त्यस्तै गरी वडा नं २ का कृषक रमेश पाख्रीन भन्छन् वाइफाइ जडान गर्नुभन्दा पहिला डाटा भनेजस्तो नचल्ने महंगोपनि भएकाले कृषकहरु राम्रो संग सुचना लिन बाट बन्चित हुन्थे भने वाइफाइ जडान गरेर आ आफे मोबाइलमा अहिले एप्स डाउन लोड गरेर तरकारीको मुल्य , र कोभिट १९ को विषयमा सुचनालिन सहज भएको बताए ।

वितरण गरिएको वाइफाई गाँउका कृषकहरुलाई सामुहिक रुपमा चलाउनका लागि टोलमा टोलमा एक एक वटा जडान गरिदिएको छ । कृषकहरु अहिले फुर्सदको समयमा वाइफाइ राखेकोे घरमा भेला भयर धनकुटा स्मार्ट कृषि एप्स मार्फत कृषि सम्बन्धि जानकारी लिने गरेका छन् भने साथमा कोभटि १९ को विषयमा पनि सुचना लिदै अन्य विभिन्न सुचना तथा जानकारी लिइरहेकाछन् ।

कृषकलाई प्रतिगोटा १६ हजारका दरले ४ लाख ८० हजार बराबरको वाइफाइ वितरण सेवा वितरण गरेको पर्डेपनेपाल धनकुटाका योजना प्रमुख मिन प्रसाद सुवेदी ले जानकारी दिएको छ । त्यस्तै गरी उहाँले आउदो वर्षपनि वाइफाइ वितरण कार्यक्रमलाई निरन्तरता दिने प्रयास भइरहेको जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖