समावेसी लोकतान्त्रिक गणतन्त्रलाई व्यवहारमा लागु गर्नु पर्छ – निवर्तमान प्रदेश-१ प्रमुख

धनकुटा खबर । प्रदेश १ का निर्वतमान प्रदेश प्रमुख प्रध्यापक डा गोविद तुम्वाहाङ्ग सुब्बाले समावेसी लोकतान्त्रिक गणतन्त्रलाई व्यवहारमा लागु गर्नु पर्नेमा जोड दिनु भएको छ ।

नेपाली कांग्रेस धनकुटाले आज प्रविधि मैत्री जुम मार्फत आयोजना गरेको समावेशी लोकतान्त्रिक गणतन्त्र विषयक अन्र्तक्रिया कार्यक्रममा वोल्दै उहाँले त्यस्तो वताउनु भएको हो ।

समावेशी लोकतान्त्रिक गणतन्त्रको सही उपयोग भए सवैको प्रतिनीधित्वको सुनिश्चित हुने र सवैले अवसर पाउने वताउदै उहाँले मुलुकमा अहिले सही रुपमा गणतन्त्रको कार्यन्वयन हुन नसकेको टिप्पणी गर्नुभयो । सरकार एक्लैले मुलुकमा विद्यामान समस्या समाधान गर्न नसक्ने वताउदै डा तुम्वाहाङ्गले सवैसंग सहकार्य र सहमतीका साथ अगाडी बढ्नु आवाश्यक रहेको वताउनुभयो । त्यस्तै नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठले सरकार दिन प्रदिन असफल बन्दै गएको वताउनु भयो ।

पार्टीका जिल्ला सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष दिनेश राईले स्वागत मन्तव्य राख्नुभएको थियो भने जिल्ला सदस्य निर्मल ओझाले कार्यक्रमको उदेश्य प्रकाश पार्नु भएको थियो । सहजीकरण जिल्ला सचिव विजय सन्तोषी राई,पूर्व सहसचिव राजन पौडेल,प्रदेश निर्वाचन क्षेत्रिय कार्यसमिति क्षेत्र (क) धनकुटाका सभापति जितेन्द्र राईले गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।