अमेरिकी राष्ट्रपतिको चुनावको संघारमा बाराक ओबामा सक्रिय

वासिङ्टन, जेठ २२ । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकी समाजभित्रको गहिरो जातीय र सामाजिक–आर्थिक असमानता उजागर भएसँगै उत्पन्न ऐतिहासिक संकटका बीच आफ्नो सार्वजनिक जीवनलाई पुनः सक्रिय तुल्याएका छन्।

आगामी नोभेम्बरमा हुन लागेको अमेरिकी राष्ट्रपतिको चुनावको पूर्वसन्ध्यामा ओबामाको सक्रियतालाई अर्थपूर्ण रुपमा लिइएको छ।

ओबामाले आगामी चुनावमा रिपब्लीकन पार्टीबाट पुनः उम्मेदवार हुन लागेका राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना गर्ने सहजै अनुमान गरिएको छ।

गत बुधबार पूर्व राष्ट्रपति ओबामा मिनियापोलिसमा जर्ज फ्लोयडको मृत्युपछिको नागरिक अ,शान्तिबारे युवासँग भर्चुअल सभाहल बैठकमा सहभागी भए।

ओबामाले फ्लोयडको मृ त्युका कारण भइरहेको वि रोधलाई नीति परिवर्तनमा रुपान्तरित गर्न आह्वान गरेका थिए। उनले सु रक्षित प्रहरी सेवा तथा समुदाय र का नुन कार्यान्वयन गर्ने निकायहरुबीचको आपसी विश्वास बढाउनेतर्फ युवाले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

ओबामाले आगामी राष्ट्रपतिको उम्मेदवारका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट पूर्व उपराष्ट्रपति जो बाइडेनलाई समर्थन गरेका छन्। नोभेम्बरको चुनाव अघि ओबामालाई चुनावी अभियानमा सहभागी गराउन बाइडेनको चुनाव प्रचार समितिले योजना बनाइरहेको थियो।

गत महिना ऐतिहासिक रूपमा अश्वेत विद्यार्थीहरु पढ्ने कलेज र विश्वविद्यालयका स्नातकहरूलाई सम्बोधन गर्दै ओबामाले कोरोनाभा इरसको म हामारीले ट्रम्प प्रशासनको परिस्थिति पूर्ण रूपमा उ दाङ्गो भएको बताएका थिए।

तर फ्लोयडको मृ त्युप्रति देशको पहिलो काला राष्ट्रपतिबाट बढी नै कडा प्रतिक्रिया प्राप्त भएको छ। अश्वेत नागरिक फ्लोयडको ग र्धनमा एक श्वेत प्रहरीले घुँडाले धेरै मिनेटसम्म थि चेपछि मृ त्यु भएको थियो।

गत हप्ता एक लामो लिखित वक्तव्यमा ओबामाले लाखौं अमेरिकीहरूले कोरोना म हामारीको कहरबाट जनजीवन सामान्य बनाउनै लाग्दा अमेरिकाकै एक अश्वेत नागरिकमाथि रङ्गको आधारमा भिन्न व्यवहार होला भन्ने अनुमानसम्म गर्न सक्ने अवस्थामा नरहेको बताएका थिए।

“यो सन् २०२० को अमेरिकामा सामान्य घटना होइन। यो घटना सामान्य हुनै सक्दैन,” ओबामाले लेखेका छन्।

पूर्व राष्ट्रपति ओबामाको वयानपछि अमेरिकामा तनाबको अवस्था सिर्जना भइसकेको छ।

ट्रम्पले देशका विभिन्न शहरमा प्रहरी का रबाहीको वि रोधमा भइरहेका प्रदर्शन रो क्न सेना समेत परिचालन गर्ने ध म्की दिएका छन्। देशभित्र जारी कतिपय प्रदर्शन हिं सात्मक बनेका छन्।

बाइडेनको प्रचार संयन्त्रले पूर्व राष्ट्रपति ओबामाको सक्रियतालाई स्वागत गरेको छ। रासस/एपी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।