धनकुटाका कोरोना संक्रमण पुष्टि भएका व्यक्तिलाई विपी पठाइयो

धनकुटा खबर, २२ जेठ । कोरोना संक्रमण पुष्टि भएका सहिदभूमि गाउँपालिका–७ का २७ बर्षीय यूवालाई उपचारको लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

विहिवार दिउँसो १ बजे स्वास्थ्यकर्मीको टोलि सहित संक्रमित व्यक्तिलाई विपीमा पठाइएको सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिनु भयो । संक्रमित व्यक्ति गत जेठ १२ गते भारतको उत्तरप्रदेशबाट भैरहवाको सुनौली नाका हुँदै नेपाल भित्रिएका थिए ।

उनलाई सहिदभूमि गाउँपालिका–१ सफाइधाप स्थित आर्दश माविको क्वारेन्टाइनमा राखिएको थियो । उनको स्वाथ्य अवस्था सामान्य रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।