जातिय बिभेदको अन्त्य बोलीमा मात्र हैन व्यबहारमा लागु गरौं
धनकुटा खबर । जातिय बिभेद र उत्पिडनको अन्त्य बोलीमा मात्र नभएर व्यवहारबाटै सवैले गर्नु पर्ने एक कार्यक्रमका वक्ताहरुले वताएकाछन् । सामाजिक कल्याणका लागी प्रभावकारी समुह स्विट नेपाल धनकुटाको आयोजना तथा प्रदेश सभाका सदस्य लिला सुब्बाको सांसद विकास कोषको सहयोगमा आज धनकुटामा सञ्चालित दलितहरुाक लागि क्षामता विकास तालिममा सहभागी वक्ताहरुले त्यस्तो वताएका हुन् ।
धनकुटा नगरपालिका वडा नं ५ का दलित महिलाहरुले भाग लिएको क्षमता विकास तालिमको नेपाल दलित संघका केन्द्रिय सदस्य रविन्द्र नेपालीले सहजीकरण गर्नु भएको थियो भने । तालिममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,धनकुटा नगरपालिका वडा नं ५ का वडा सदस्य अम्विका परियार,दलित एकता समाज धनकुटाका अध्यक्ष कोपिला शंकर लगायतले दलितहरुको क्षमता विकासमा सवैले सहयोग गर्नु पर्नेम जोड दिएका थिए ।

उनिहरुले जातिय बिभेद र उत्पिडनको अन्त्य सवैले बोलीबाट मात्र नभइ व्यवहारबाटै गर्नु पर्ने समेत वताएका थिए । सामाजिक कल्याणका लागि प्रभावकारी समुह स्विट नेपाल धनकुटाका अध्यक्ष सुमना तिम्सिनाका अध्यक्षतामा सम्पन्न तालिमको सञ्चालन संस्थाका कोषाध्यक्ष मञ्जु आर्याय पौडेलले गर्नु भएको थियो ।
तालिममा नेपालको संविधान,राज्यमा दलितहरुको सहभागीता,दलितहरुको अवस्था लगायत विभिन्न विषयमा प्रशिक्षण दिइएको अध्यक्ष तिम्सिनाले जानकारी दिनुभयो ।


