धनकुटाका ७ सय ६८ जनाको कोरोना परिक्षण

धनकुटा खबर, जेष्ठ २६ । धनकुटाका ७ सय ६८ जनाको व्यक्तिको आरडिटि परिक्षण विधिबाट कोरोना परिक्षण गरिएको छ । १ सय ८३ जना महिला र ५ सय ८५ जना पुरुष गरी जम्मा उल्लेखित संख्याका व्यक्तिको कोरोना परिक्षण गरिएको हो ।

त्यस्तै पिसिआर विधिबाट २ सय ३८ जना महिला र ३ सय ४९ जना पुरुष गरी जम्मा ५ सय ८७ जनाको परिक्षण गरिएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ । पिसिआर गरिएका ५ सय ८७ मध्ये ५ सय ४८ को रिपोर्ट प्राप्त भएको र ३९ जनाको रिपोर्ट प्राप्त हुन बाँकी छ ।

पिसिआर रिपोर्ट पोजेटिभ आई उपचाररत ८ जना मध्ये ७ जना निको भएर घर फर्किसकेका छन् भने र १ जना विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेकाछन् । जिल्लाको ८१ जना व्यक्ति क्वारेन्टाईनमा र ११ जना होम क्वारेन्टाईनमा रहेको स्वास्थ्य कार्यलय प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।