स्वास्थ्य सामग्री वितरण गर्दै धनकुटा बजार अनुगमन, सामाजिक दुरी कायम गर्न अनुरोध
धनकुटा खबर, जेष्ठ २६ । धनकुटाको मुख्य ब्यापारिक केन्द्र हुलाकटोल क्षेत्र लगायत धनकुटा बजारमा आज धनकुटा उद्योग बाणिज्य संघले बजार अनुगमन गर्दै स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु वितरण गरेको छ ।
सो क्षेत्रका प्रत्येक पसलमा धनकुटा उद्योग बाणिज्य संघका पदाधिकारी तथा सदस्यहरु गई बजार अनुगमन गर्दै सामाजिक दुरी अनिवार्य कायम गर्दै सावुन पानी तथा सेनिटाईजरले वारम्वार हात धुई माक्स लगाएर सामान विक्रि वितरण गर्न व्यापारी लाई अनुरोध गरेका छन ।
सूरक्षित स्वास्थ्य सामग्री संघका अध्यक्ष विजय सन्तोषी राई,वरिष्ठ उपाध्यक्ष मन कुमारी तिुतङ्ग, सचिव श्रीराम रायमाझी,कोषाध्यक्ष रुपेश श्रेष्ठ, लगायततले व्यावसायीहरुलाई वितरण गरेका थिए। बजार अनुगमनको क्रममा उद्योगवाणिज्य संघका अध्यक्ष राईले अब प्रत्येक दिन विहान ६ बजे देखी ११ बजे र साँझ ५ बजे देखी ७ बजे सम्म पसल खुल्ला गरी सुरक्षित ढंगले व्यावसाय सञ्चालन गर्न व्यवसायीहरुलाई आग्रह गर्नु भयो ।
लकडाउन घोषणा भएपछि यसअघि विहा ६ देखी ९ वजे सम्म मात्र खुल्दै आएको धनकुटाको वजार पसल जिल्ला प्रशासन कार्यलय र उद्योग वाणिज्य संघको निर्णय पछि आज देखी विहान ६ देखी ११ वजे र वेलुकी ५ देखी ७ वजे सम्म खुल्ने भएको अध्यक्ष राईले वताउनुभयो । थोरै समय मात्र पसल खुल्दा व्यवसयी र उपभोक्ता दुवै पक्षलाई समस्या भएको पसल खुल्ले समय वढाईएको उहाँको भनाई छ । वजार अनुगमनमा संघका कार्यालय प्रमुख सिचन प्रधान,मनिस श्रेष्ठ,मुकेश राई,नवराज श्रेष्ठ लगायतको समेत सहभागीता थियो ।


