नेपालमा तीस हजार कोरोना सं,क्रमित हुने अनुमान, यसरी गरिँदैछ स्वास्थ्य सामग्रीको व्यवस्थापन

शरद शर्मा/काठमाडौं, जेठ २७ । सरकारले ३० हजार कोराना भाइरस संक्रमितलाई लक्षित गरेर स्वास्थ्य सामग्रीको व्यवस्थापनमा लागेको छ।

कोरोना भाइरस संक्रमितको संख्या दैनिक रुपमा सोचेभन्दा बढी बढ्न थालेपछि स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले मुलुकमा १५ हजारदेखि ३० हजारसम्म संक्रमित हुन सक्ने अनुमान गरी स्वास्थ्य सामग्रीको व्यवस्थापनमा लागेको हो।

‘दैनिक रुपमा संक्रमित बढ्न थालेपछि हामीले सोचेभन्दा बढी नै संक्रमित हुने अनुमान गरेका छौँ’, उनले भने, ‘त्यही भएर संक्रमित बढ्ने अनुमानले स्वास्थ्य सामग्री खरिदको प्रक्रिया पनि अगाडि बढाएका छौँ।’ पहिले एक हजार ५०० संक्रमित हुने अनुमान गरिएको थियो भने पछिल्लोपटक भारतबाट संक्रमित आउन थालेपछि यो संख्या पाँच हजार पुग्ने अनुमान सरकारको छ। केही दिनअघि पाँच हजार संक्रमित हुने अनुमान गरेको भएपनि अहिलेको अवस्था हेर्दा त्योभन्दा बढी हुने अनुमान गरेर सामग्री व्यवस्थापनतिर लागेको हो।

अहिले नै सङ्क्रमितको सङ्ख्या तीन हजार ७६२ पुगिसकेका छन् । दैनिक दुई–तीन सयको सङ्ख्यामा सङ्क्रमित बढिरहेका छन । सङ्क्रमणबाट अहिलेसम्म १४ को मृत्यु भइसकेको छ । यस्तै अहिलेसम्म ४८८ जना निको भएर घर फर्किसकेका छन । नेपालमा पहिलोपटक माघ ९ गते चीनको वुहानबाट आएका आएका एक विद्यार्थीमा सङ्क्रमण देखिएको थियो ।

पछिल्लोपटक भारतबाट स्वदेश फर्किरहेका मानिसमा परीक्षण गर्दा संक्रमण देखिएको छ। उनका अनुसार व्यवस्थापन महाशाखामार्फत अहिलेसम्म करिब रु ९४ करोडको स्वास्थ्य सामग्री खरिद गरिसकेको छ। तीमध्ये रु ४० करोड भुक्तानी भइसकेको र अरु भुक्तानीको प्रक्रियामा रहेको छ। उनले प्रदेश र जिल्लालाई जेठको पहिलो हप्ता पर्याप्त मात्रामा सामग्री पठाएकाले अहिले कहीँ पनि अपुग नरहेको जानकारी दिए।

महाशाखाले पहिले उदयपुर, रौतहट, पर्सा र बाँकेमा केन्द्रबाट नै सिधै सामग्री पठाउने व्यवस्था गरेको थियो। तर, अहिले सातवटै प्रदेश र कोभिड–१९ अस्पतालमा आवश्यक सामग्री पठाउने व्यवस्था गरिएको उनले बताए। उनका अनुसार व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सेट पाँच हजार ८३५, पीपीई गाउन ६७ हजार, सर्जिकल मास्क १९ लाख ८९ हजार, एन–९५ मास्क ६९ लाख वितरण गरिएको छ।

यस्तै पीपीइ सेट पाँच हजार, पीपीइ गाउन एक लाख ७२ हजार, मास्क १४ लाख ७४ हजार र एन–९५ एक लाख ८१ मौज्दात रहेको छ । ती सामग्रीलाई आवश्यकअनुसार प्रदेश र कोभिड–१९ अस्पताललाई पठाइने छ। उनले मापदण्ड विपरीत सामग्री प्रयोग गर्नाले चाँडै सकिएको समेत बताए।

अहिलेसम्म पीसीआरबाट एक लाख ९७१ र आरडीटीबाट एक लाख ५६ हजार ९९१ जनाको परीक्षण गरिएको छ। अहिलेसम्म एक लाख ६६ हजार ६६८ जना क्यारेन्टिनमा रहेका छन्। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।