धनकुटाको महालक्ष्मी-३ का विद्यार्थीको घर-घरमै नयाँ पुस्तक

धनकुटा खबर । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ३ कार्यालयले विद्यालयसँगको समन्वयमा घरमै पुगेर विद्यार्थीलाई नयाँ कक्षाको किताव वितरण सुरु गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाको त्रा,सको कारण देशभर चैत्र पहिलो हप्ता देखिको लकडाउन हालसम्म पनि कायम छ । लकडाउनको कारण अहिले सबै क्षेत्र ठप्प छ विद्यालय कहिले खुल्ने भन्ने बारे भन्न सक्ने अवस्था छैन नयाँ शैक्षिक सत्र सुरु भएको दुई महिना पुग्दा समेत विद्यार्थी विद्यालय जान पाएका छैनन् ।

पछिल्लो समय कोरोना संक्रमित विरामीको संख्या दिनप्रतिदिन वढिरहेको कारण तत्कालै विद्यालय खुल्ने सम्भावना छैन । विद्यालय संचालन नभएपनि घरमै वसेर पढ्ने वानीको विकास होस् भन्ने उद्देश्यले विद्यार्थीको घर–घरमै पुगेर पुस्तक वितरण गरिरहेको ३ नं. वडाका वडाध्यक्ष भरत थापाले बताए ।

३ नं. वडामा नविन शिक्षा सदन मावि, कैलाशेश्वरी प्रा.वि, जलकन्या प्रा.वि र यूवा जनसहभागिता आधारभुत विद्यालय गरि चार वटा सामुदायिक विद्यालय संचालनमा छन् । ती विद्यालयमा करिव ४ सय ५० भन्दा वढी विद्यार्थीहरु अध्ययनरत छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।