घर भाडा मिनाहा गर्ने धनकुटाका घरधनी सम्मानित
धनकुटा खबर । घर भाडा मिनाहा गर्ने धनकुटा बजारका घरधनीहरुलाई आज धनकुटा उद्योग बाणिज्य संघले सम्मान गरेको छ ।
लक डाउनको समयमा व्यापार व्यावसाय वन्द भै संकटमा परेका धनकुटाका व्यापारीहरुलाई घर भाडा मिनाहा गरी दुखमा ठूलो सहयोग गरेको भन्दै संघले घर भाडा मिनाहा गर्ने घरधनीहरुलाई दोसल्ला तथा खादा ओढाएर सम्मान गरेको हो ।
घर भाडा छुट गर्ने धनकुटाबजारका ६७ जना घरधनीलाई धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग, कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्यहरु रेजिना पलिखे, अम्विका धमला,लिजा श्रेष्ठ,रेवती प्रसाद अधिकारी, सुनिता थापा, फर्निचर व्यावसायी संघका अध्यक्ष तथा मासु व्यावसायी संघ धनकुटाका अध्यक्ष मिलन खड्गीले दोसल्ला तथा खादा ओढाए र टिका लगाई सम्मान गरेका थिए ।

आजै घर भाडा छुट गर्नु हुने धनकुटा नगरपालिका वडा नं ६ वीचबजारका सरिता श्रेष्ठ,इन्द्र वहादुर श्रेष्ठ,दुर्गा श्रेष्ठ,शिखर श्रेष्ठ,सुजता श्रेष्ठ ,विष्णु पौडेल राधिका पौडेल र नासल चौकका गंगा देवी खड्गी,दिपेश शाही श्रेष्ठ,बिद्या राई शाहीलाई पनि संघले सम्मान गरेको छ ।
यसैगरी धनकुटा नगरपालिका वडा नं। ७ हुलाकटोलका रोशनराज अमात्य, सुनिता श्रेष्ठ,धनकुटा ७ मदन चौकका पुष्कर जोशी,हरी कुमार श्रेष्ठ,कमला श्रेष्ठ,अन्तकुमारी श्रेष्ठ,दुर्गा श्रेष्ठ,रुकमणीदेवी श्रेष्ठ,दिपन श्रेष्ठ,दिपिका शाक्य श्रेष्ठ, राजेन्द्र श्रेष्ठ,मिना श्रेष्ठ,यगिन श्रेष्ठ,इन्दु श्रेष्ठले पनि भाडामा वस्ने व्यापारीहरुलाई घर भाडा छुट गरी दिनु भएकोमा धनकुटा उद्योग बाणिज्य संघले सम्मान गरेको छ ।
धनकुटाबजार,हिले बजार,पाख्रिवास,सिधुवा,जोरपाटी बजार, उत्तरपानी भेडेटार, मुलघाट, डाडाजबार , रामबजार , लगायत जिल्लाभरीका घर भाडा छुट गर्ने बाकी घरधनीहरुलाई तत्काल क्रमश सम्मान गर्दै जाने र बार्षिक साधारण सभामा बिशेष सम्मान गर्ने योजना रहेको संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनुभयो ।


