धनकुटामा नेतृत्व विकास तालिम

धनकुटा खबर, जेष्ठ २९ । महिला जनप्रतिनिधिहरुको व्यक्तित्व विकासका गराउने उदेश्यका साथ आज धनकुटामा नेतृत्व विकास तालिमसञ्चालन गरिएको ।

सामाजिक विकास सरोकार केन्द्र धनकुटाको आयोजना तथा प्रदेश निर्वाचन श्रेत्र विशेष कार्यक्रम धनकुटा नगरपालिकाको सहयोगमा सामाजिक दुरी कायम गर्दै तालिम सञ्चालन गरिएको हो ।

अगुवा महिला नेत्री सिमा राईको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा बोल्नु हुदैँ तालिमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका धनकुटाका उपप्रमुख बङ्गला राईले महिलाहरुलाई यस्ता तालिमले सहयोग पुग्ने वताउनुभयो । उहाँले आउँदा दिनहरुमा पनि यस्ता तालिमहरु सञ्चालन गर्नु पर्ने समेत धारणा राख्नु भयो । त्यस्तै धनकुटा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ्ग (तारा ) ले उपस्थित महिलाहरुलाई उद्यमशीलताका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा नेकपा धनकुटा प्रचारप्रसार विभागमका प्रमुख तथा सामुदायिक प्रसारक संघ अकोरावका उपाध्यक्ष अर्जुन राई, नेकपा जिल्ला पाटी सचिव एब्म प्रदेश कमिटी सदस्य ऋषी राम ढुङ्गाना लगायतले आ –आफ्नो धारणा राखेका थिए । तालिमको सहजीकरण सहजकर्ता नैना विश्वकर्मा, भिम राई र खेम घिमिरेलेगरेका थिए । तालिममा नगर कार्यपालिकाका सदस्य , वडा सदस्य लगायतको उपस्थिति थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।