बाइडेनपछि चुनाव लड्ने उपराष्ट्रपतिका उम्मेदवार छनोट गर्दै डेमोक्रेटिक पार्टी

अमेरिका । अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्रयाटको तर्फबाट जो बाइडेनले प्रतिश्पर्धा गर्ने निश्चित भएपनि उपराष्ट्रपतिमा अझै पनि धेरै जना आकांक्षी रहेका छन्।

ती आकांक्षीहरुको नामावलीलाई साघुँरो बनाउने कार्य भइरहेको पार्टीका नेताहरुले जानकारी दिएका छन्।

पुर्व उपराष्ट्रपति समेत रहेका बाइडेनको समुहबाट उपराष्ट्रपतिमा प्रतिश्पर्धा गर्नका लागि धेरै नेताहरुले आकांक्षा देखाएका छन्।

आकांक्षीहरुको सूचीमा धेरै अश्वेत अमेरिकी महिलाहरु समेत रहेका छन्।

आकांक्षीहरुलाई मिलाउनका लागि बनाइएको सर्च कमिटिले आकांक्षीहरुसँग पटक पटक छलफल गरेर उम्मेदवारहरुको संख्या घटाउने प्रयास र प्रक्रियाहरु भइरहेको जनाएको छ।

प्रारम्भिक अन्तर्वार्ताहरु र छ चरणको प्रक्रिया गरिएको उनीहरको भनाई छ। यति प्रक्रिया गर्दासम्म मस्साचुसेट्सको एलिजाबेथ वारेन, क्लालिफोर्नियाको कमाल हरिससँगै तत्कालीन राष्ट्रपतिपति बाराक ओबामाका राष्ट्रिय सुरक्षा सल्लाहकार सुसन राइस आकांक्षीको सूचीमा छन्।

अमेरिकामा यसै बर्षको अन्त्यतिर हुने निर्वाचनका लागि दल तथा नेताहरुले चुनावी कसरतलाई तिब्रता दिएका छन्। रासस/एपी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।