साढे तीन महिनाअघि नै मुख्यसचिव बन्न ६ सचिवको दौडधुप

काठमडाैं, १४ असार । निजामती क्षेत्रको सर्वोच्च पद मुख्य सचिव बन्न सरकारका वरिष्ठ सचिवहरूको दौडधुप सुरु भएको छ । मुख्यसचिव लोकदर्शन रेग्मीको तीन वर्षे कार्यकाल सकिनै लाग्दा सो पद हत्याउन दाबेदार सचिवहरूको दौडधुप सुरु भएको हो । मुख्यसचिव रेग्मीले आगामी ३ कात्तिकमा अवकाश पाउँदै छन् । उनको अवकाशको मिति साढे तीन महिनाभन्दा केही दिन मात्र बढी रहँदा आकांक्षीहरूले दौडधुप तीव्र पारेका हुन् ।

मुख्यसचिवको प्रतिस्पर्धामा रहेका सचिवहरूमा परराष्ट्र मन्त्रालयका शंकरदास वैरागी, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका केदारबहादुर अधिकारी, सार्वजनिक खरिद अनुगमन कार्यालयका मोहनकृष्ण सापकोटा, उद्योग मन्त्रालयका चन्द्रकुमार घिमिरे, वन तथा वातावरण मन्त्रालयका विश्वनाथ ओली र सहरी विकास मन्त्रालयका मधुसूदन अधिकारी छन् ।

राजनीतिक नेतृत्वसँग प्रत्यक्ष सम्बन्ध राख्ने यो पदमा पुग्न ठूलै राजनीतिक लबिङ आवश्यक पर्छ । मुख्यसचिव रेग्मीले अन्तिम समयसम्म काम गर्दा र १५ दिनअघि मात्रै राजीनामा दिँदा पनि फेरबदलमा ठूलो परिवर्तन आउने देखिएको छ । अवकाशको एक महिनाअघि नै बिदामा बस्ने परम्परा भने पछिल्ला केही वर्षदेखि तोडिएकाले मुख्यसचिव रेग्मी पनि एक महिनाअघि बिदामा बस्ने सम्भावना छैन ।

कार्यसम्पादन र जेष्ठताका आधारमा भावी मुख्य सचिवमा ६ जना सचिव प्रतिस्पर्धामा देखिएका छन् । उनीहरूले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा शक्तिकेन्द्रलाई प्रभावमा पार्न लबिङ तीव्र पारेका छन् । निजामती सेवा ऐन २०४९ को दफा १९ को उपदफा २ (क) अनुसार मुख्य सचिवको पदमा बढुवा गर्दा बहालवाला सचिवमध्येबाट सरकारले ज्येष्ठता र कार्यकुशलताको आधारमा छनोट गरी बढुवा गर्ने प्रावधान रहेको छ । सोही प्रावधानअनुसार सरकारले बहालावाला सचिवमध्ये ज्येष्ठता र कार्यकुशलताका आधारमा एक जनालाई बढुवा गर्ने भएकाले यी ६ मध्ये एक जना मुख्य सचिव बन्नेछन् । आजको राजधानी दैनिकमा समाचार छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।