भारतबाट थप नआए सलह सहजै नियन्त्रण हुने

काठमाडौं, १४ असार  । नेपालमा सलह आउँदैन भनेर ढुक्क भएको वैज्ञानिकका लागि शनिबार तराइका केही जिल्लामा सलह फैलिएको समाचारले झस्कायो । त्यसपछि दिनभर उनीहरू यसबारे छलफलमा जुटे ।

मनसुनी वर्षाका कारण सलह कीराको बथान साना साना टुक्रामा विभाजित भएको र हावाको वेग उत्तरी-पश्चिमबाट पूर्वतिर गएको हुनाले यो नेपालमा छिरेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वरिष्ठ कीट वैज्ञानिक डा. सुनिल अर्यालले बताए ।

अहिलको अवस्थामा नेपालमा यो कीरा नदेखिनुपर्ने हो तर अचानक देखियो, यसको नमूना ल्याएर ल्याब परीक्षण गरेपछि मात्र त्यसको सही विश्लेषण गर्न सकिने उनले बताए । ‘भारत र पाकिस्तानसँग बुझ्दा यो सलह कीरा नै हो भनेका छन् । तर, यसको वैज्ञानिक पुष्टि हुन बाँकी रहेको  छ,’ उनले भने । कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले वर्षका कारण ठूला झुण्डमा रहेका सलह कीरा विभाजन भएका छन् र त्यसको सानो टुक्रा नेपाल छिरेको छ ।

भारतबाट अझै छिर्यो भने यसलाई नियन्त्रण गर्न मुस्किल हुन्छ, अहिले आएका जति नै रह्यो भने त्यसलाई सजिलै नियन्त्रण गर्न सकिने उनको भनाई छ । सचिव भारीका अनुसार भारतबाट अझै आएन भने नेपालमा यो बढ्ने सम्भावना धेरै कम रहेको छ किनकी यसले नेपालमा फुल पार्न सक्दैन, फुल पार्नका लागि मरुभूमि नै चाहिन्छ, त्यसैले अहिले त्यसलाई नियन्त्रण गर्न त्यति गाह्रो हुँदैन । याे खबर  आजको गोरखापत्र दैनिकमा छापिएकाे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖