प्रधानमन्त्री ओलीलाई हटाउनु दोष हो, पाप लाग्छ – राज्यमन्त्री दुगड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिराज्यमन्त्री मोतिलाल दुगडले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु वा हटाउनेबारे सोच्नु पनि अपराध हुने र पाप लाग्ने टिप्पणी गरेका छन् । उनले भने,‘अहिले प्रधानमन्त्रीको विकल्प सोच्नु वा हटाउनेबारे सोच्नु दोष हो, यो अपराध हो । पाप लाग्छ ।’

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै राज्यमन्त्री दुगडले वर्तमान प्रधानमन्त्री ओलीले देश र जनताको हितमा एउटा संकल्प र अठोटका साथ काम गरिरहेको जिकिर गरे । ‘वर्तमान सरकार पारदर्शी छ, केपी ओलीजस्तो एउटा भिजनरी लिडर देशको प्रधानमन्त्री पाउनु देश र हामी नेपाली जनता सबैको लागि सौभाग्यको कुरा हो ।’–दुगडले भने । उनले सरकारको विरोध गर्ने वा आलोचना गर्नेहरुले जे कुरामा पनि आलोचना गर्ने गरेको टिप्पणी गरे । उनले भने,‘हेर्नुहोस, आलोचनामात्रै गर्ने काम भएकाहरुसँग त सरकारको बारेमा आलोचना गर्न फेहरिस्त नै हुन्छन् । सरकारले शतप्रतिशत सन्तुष्ट गर्न सक्दैन् । तर, देश र जनताको हितमा हामीले काम गरिरहेका छौं ।’

साक्षात्कारमा बोल्दै मन्त्री दुगडले अहिलेको अवस्थामा प्रधानमन्त्री बदल्ने काम गर्न नहुने स्पष्ट पारे । उनले भने,‘प्रधानमन्त्री बदल्ने काम दुर्भाग्यपूर्ण हुन्छ । प्रधानमन्त्री, राष्ट्रपति वा मन्त्रीहरु बदलेर देश बन्दैन् । प्रधानमन्त्री हट्दैमा देश बन्छ भनेर कसले ग्यारेन्टी लिन्छ ? सम्माननीय प्रधानमन्त्रीज्यूले क्वालिटीको काम गर्नुभएको छ । भ्रष्टाचार निर्मूल पार्छु भन्नुभएको छ । प्रमाणसहित आए उहाँले कारबाही गर्छु भनेर सार्वजनिक रुपमै प्रतिबद्धता जनाउनुभएको छ ।’ उनले प्रधानमन्त्री ओलीको विकल्प नभएको जिकिर गरे । उनले भने,‘उहाँको नेतृत्वको वर्तमान सरकारले स्मुथ्ली काम गरिरहेको छ । यस्तो बेलामा सानातिना कुरामा अल्झिनु हुँदैन् ।’

वर्तमान प्रधानमन्त्री ओलीमा देश बनाउने संकल्प रहेको र सोहीअनुसार आफ्नो भूमिकामा खरो उत्रिररहेको पनि उनको भनाई छ । ‘नेपालको नयाँ नक्सा संसदबाट सर्वसम्मतीमा पारित गराउने कुरा हेर्नुहोस, उहाँले पूर्ण बहुमतले पारित गराउनुभयो, सबै दलको यसमा समर्थन रह्यो, यो आफैंमा ऐतिहासिक काम हो, उहाँ कसैसँगपनि डराउनुभएन, उहाँले दृढ संकल्प लिनुभयो ।’–उनले भने । नेपालले संसदबाट नयाँ नक्सा पारित गरेपछि भारतले नेपालसँगको सम्बन्ध टुटाउनेबारे भ्रामक कुरा बाहिर आएको पनि उनले टिप्पणी गरे । दुगडले भने,‘भारतले कहिल्यैपनि त्यस्तो काम गर्दैन् । नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध छ । सानो–सानो कुराले दुई देशबीचको सम्बन्ध टुट्दैन् । नाकाबन्दी लगाउँछ भन्नु भ्रामक कुरा हो ।’ नेपाल र भारतबीचको द्धिपक्षीय सम्बन्धमा जनस्तरमा द्धेष उत्पन्न गराउने काम कतैबाट पनि हुन नहुने उनको आग्रह छ । उनले नेपाल र भारतबीचको सम्बन्ध बिगार्ने काम गर्न नहुने जिकिर गरे । दुई देशबीच धार्मिक, सांस्कृतिक, सामाजिक समानता भएकोले द्धिपक्षीय सम्बन्धमा खलल वा आँच पुर्याउने काम गर्न नहुनेतर्फ उनले सचेत गराए ।

उनले भारतसँगको सिमा विवाद समाधान गर्न वार्ता हुने स्पष्ट पारे । उनले भने,‘निश्चय नै भारतसँग वार्ता हुन्छ । वार्ताको विकल्प छैन् । अहिलेपनि वार्ता भैराखेको छ । केही स्तरमा वार्ता अहिलेपनि भैराखेको छ । उच्चतम स्तरमा, प्रधानमन्त्रीको तहबाटै वार्ता हुनुपर्छ ।’ नेपाल कहिल्यैपनि कसैको अधिनमा नबसेको र सधैं स्वतन्त्र, अखण्ड र स्वाधिन देश भएको उल्लेख गर्दै आफूहरु कसैसँगपनि दबिएर नबस्ने उनले विश्वास दिलाए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।