चितवनका थप १३ जनमा कोरोना सङ्क्रमण

शालिग्राम नेपाल

चितवन, असार १७ गते । चितवनको मात्रै १३ जनासहित २५ जनामा कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा मङ्गलबार गरिएको परीक्षणमा बुधबार बिहान चितवनका १३ जनासहित २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

चितवनका सङ्क्रमण पुष्टि हुनेमा भरतपुरका मात्रै १० जना छन् भने दुई जना माडी र एक जना राप्ती नगरपालिकाका हुन् । भरतपुर अस्पतालबाट गरिएको परीक्षणमा माडी नगरपालिका–५ र ३ का २५ र ७३ वर्षका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै सोही अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–७ र २२ बस्ने २६ र ५० वर्षीय पुरुष, भरतपुर–११ बस्ने वर्ष ४५ की एक महिला रहेका छन् ।

यस्तै, नारायणी सामुदायिक हस्पिटलमा उपचाररत खैरहनी नगरपालिकाका ६१ वर्षीय पुरुष र राप्ती नगरपालिका–१ की १२ वर्षीया बालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । यस्तै भरतपुर महानगरपालिकाको वडा नंं.९, ४, २२, २५ र २६ नम्बर वडाका २१ देखि ४८ वर्ष उमेर समूहका छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

बुधबार नै पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाका दुई महिलासहित १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेन्ट्रल हस्पिटलमा उपचाररत गोर्खाको मनकामना बस्ने ३० वर्षीया महिला र भरतपुर अस्पतालमा झापा दमक–३ बस्ने ३५ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।