प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा साढे ३३ करोड जम्मा – २७ करोड ३३ लाख खर्च

विराटनगर । प्रदेश नं. १ को कोरोना जनसुरक्षा कोषमा असार १८ गतेसम्म ३३ करोड ५४ लाख रुपैयाँ जम्मा भएकोमा करिब २७ करोड ३३ लाख रुपैयाँ खर्च भएको मुख्यमन्त्री तथा मिन्त्रपरिषदको कार्यालयले जनाएको छ ।

विराटनगरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रदेश १ सरकारले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारको विवरण सार्वजनिक गरेको हो । प्रदेश सरकारले प्रदेशस्तरीय संकट व्यवस्थापन केन्द्रको निर्णय बमोजिम क्वारेन्टाइन तथा होल्डिङ एरिया निर्माण तथा व्यवस्थापन, आइसोलेशन अस्पताल व्यवस्थापन, सीमा क्षेत्रमा क्वारेन्टाइन निर्माण, स्थानीय तह र जिल्ला समन्वय समितिहरुलाई अनुदान र स्वास्थ्य सामग्री ढुवानी कार्यमा जनसुरक्षा कोषको रकम खर्च भएको जनाएको छ ।

सो कार्यक्रममा बोल्दै प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले कोरोना महामारीको संकट आउन सक्ने अनुभूति हुनासाथ प्रदेशमा आईसोलेसन अस्पताल निर्माण र स्थानीय तहहरुमा क्वारेन्टाइन निर्माण कार्य थालेको जानकारी दिनुभयो । उहाँले कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम गरेकै कारण प्रदेश नं. १ मा कोरोनाको जोखिम न्यून रहेको बताउनु भयो ।

कोरोना जनसुरक्षा कोषमा नेपाल सरकारले ४ करोड र प्रदेश सरकारले २५ करोड रुपैयाँ उपलब्ध गराएको छ भने प्रदेशका पदाधिकारी र कर्मचारी, उद्योगी व्यवसायी, बैंक तथा वित्तीय संस्था र सर्वसाधारणहरुले सहयोग रकम जम्मा गरेका छन् ।

प्रदेश नं.१ मा असार १८ गते सम्म ६ सय १५ जना कोरोना संक्रमित भेटिएकोमा ४०० जना उपचार पछि निको भएर घर फर्केका छन् भने २ सय १५ जना विभिन्न अस्पताल र आईसोलेसन सेन्टरमा उपचाररत छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।