स्वास्थ्य वैज्ञानिकको छैटौँ राष्ट्रिय सम्मेलन शुरु, एकैदिन अनुसन्धानमूलक १६ कार्यपत्र प्रस्तूत

काठमाडौ ।  साेमबारदेखि स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको छैटौँ राष्ट्रिय सम्मेलन शुरु भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनमा भएको सम्मेलनमा एकैदिन १६ स्वास्थ्य क्षेत्रका अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरिएका छन्।

साेमबार। प्रस्तुत गरिएका कार्यपत्रमध्ये अधिकांश कोरोना भाइरस (कोभिड–१९) सँग सम्बन्धित रहेको परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले जानकारी दिए। कोरोना भाइरस (कोभिड–१९)का कारणले सम्मेलन भर्चुअल (जुम) बाट गरिएको सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले गरेका थिए।

परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा धिमालले स्वास्थ्य तथा जनसङ्ख्याको क्षेत्रमा भएका अध्ययन अनुसन्धानबाट निस्केको निष्कर्षले सरकारलाई ती क्षेत्रको नीति निर्माणमा सहयोग पुग्ने उद्देश्यले सम्मेलन गरिएको बताए।

सम्मेलनमा करिब ५०० वैज्ञानिक सहभागी भएका थिए । सम्मेलनमा स्वास्थ्य समता र विकास, कोभिड–१९, नसर्ने रोग, मातृ स्वास्थ्य, बाल स्वास्थ्य र किशोरकिशोरी स्वास्थ्य, मानसिक स्वास्थ्य, सरुवा रोग, जैविक स्वास्थ्य र स्वास्थ्य सूचनालगायत विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् ।

भर्चुअल (जुम)बाट गरिएको सम्मेलनमा अमेरिका, बेलायत, स्वीजरल्याण्ड, फिलिपिन्स, थाइल्याण्ड, बेल्जियम र जर्मनका स्वास्थ्य तथा जनसङ्ख्या विज्ञको समेत सहभागी भएका छन् । उनीहरुले आफ्नो देशमा गरिएको कोभिड–१९ का सन्र्दभमा गरिएको अध्ययन अनुसन्धानबारे अनुभव आदान प्रदान गरेका थिए ।

सम्मेलनमा प्रस्तुत गरिएका कार्यपत्रलाई उत्कृष्ट एक जनालाई अवार्डसमेत प्रदान गरिने परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा धिमालले बताए। सम्मेलन मङ्गलबारसम्म सञ्चालन हुनेछ । परिषद्ले प्रत्येक वर्ष सम्मेलन गर्दै आइरहेको छ । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖