हिले-लेगुवा सडक खण्ड अन्तर्गतको १३ किमि सडक मर्मत गरियो

धनकुटा खबर । हिले लेगुवा सडक खण्ड अन्र्तगतको हिले-पाख्रीवास-गैरिगाउँ १३ किलो मिटर सडक मर्मत गरिएको छ । वर्षातको कारण वाटो खाल्डाखुल्डि भई सवारीसाधन सञ्चालन गर्न तथा आवत जावतमा समस्या भईरहेको वेला संघिय संषद राजेन्द्र राईको निर्देशन तथा हिले लेगुवा सडक खण्ड निर्माणका लागि स्थानिय सरकार सहजिकरण समितिको पहलमा यो सडक खण्ड निर्माणको जिम्मा पाएको कञ्चनजंघा कन्स्ट्रक्सनले सडक मर्मत गरेको हो ।

सडकमा भएको खाल्डाखुल्डीमा ६ दिन यता ढुंगा गिटी लगाएर मर्मत गरिएको हिले लेगुवा सडक खण्ड निर्माणका लागि स्थानिय सरकार सहजिकरण समितिका संयोजक तथा पाख्रीवास ४ नं वडाध्यक्ष सोवित निरौलाले जानकारी दिनुभयो । उहाँले यो सडक निर्माण कार्य ढिलो भएको विषयलाई लक्षित गर्दै विकास निर्माणमा राजनीति गर्न नहुने वताउनुभयो ।

उहाँले भन्नुभयो “राजनीतिमा विकास हुनु पर्छ तर विकासमा राजनीति होईन ।” यसअघि दशै तिहारको समयमा पनि यो सडक मर्मत गरिएको थियो । दशै तिहारको समयमा यो सडक मर्मत गर्दा पनि दैविप्रकोप उद्धार समिति पाख्रीवासका युवा सहित वडाध्यक्ष निरौला सक्रियताका साथ खटिएका थिए । वर्षातको समय भरी आवतजावतमा सहजता होस् भन्ने लक्षका साथ सडक मर्मतको काम जारी रहने जनाईएको छ ।

यो पनि हेर्नुहोस् – हिले-पाख्रीवास सडक खण्ड भाई टिकाको भोलि पल्टदेखी ग्राभेल गरिने



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।