घरभाडा छुट गर्ने धनकुटाका थप ७३ घरधनीलाई सम्मान गरियो
धनकुटा खबर, असार २७ । लकडाउन अवधिको घरभाडा छुट गरिदिएका धनकुटा बजारका थप ७३ जना समाजसेवीलाई धनकुटा उद्योग बाणिज्य संघले आज सम्मान गरेको छ ।
नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, नेवा देय दवुका केन्द्रिय उपाध्यक्ष तथा धनकुटा जिल्ला अध्यक्ष नविन किशोर शाक्य, शहिद रामकृष्ण श्रेष्ठ स्मृती प्रतिष्ठानका उपाध्यक्ष सत्य नारायण श्रेष्ठ लगायत ७३ जनालाई दोसल्ला, खादा ओढाई टिका लगाएर सम्मान गरेको हो ।

सम्मानितहुने अन्य घरधनीहरुमा धनकुटा नगरपालिका वडा नं ६ का समाजसेवी हिरादेवी श्रेष्ठ,कविता श्रेष्ठ,रजिता श्रेष्ठ,बिमला श्रेष्ठ,यूवा समाजसेवी विजय शेखर श्रेष्ठ,घनश्याम श्रेष्ठ प्रभा श्रेष्ठ,सिर्जना श्रेष्ठ,रिना उदास शाक्य,युनिश किशोर शाक्य,रियाना शाक्य,धनकुटा वडा नं ७ हलाकटोलकाका समाजसेवी प्रज्वलमान श्रेष्ठ, पम्फा श्रेष्ठ,महेश ढकाल,सिता ढकाल लगायत रहेकाछन् ।
घर भाडा छुटगरी महत्वपूर्ण सहयोग गर्नु भएका घरधनीहरुलाई धन्यावाद दिदै धनकुटा उद्योग बाणिज्य संघा अध्यक्ष विजय सन्तोषी राईले बाँकी घरधनीहरुलाई घर भाडा छुट गरी संकटमा सहयोग गरी गुन लगाउन अपिल गर्नु भएको छ । सम्मानित हुनेहरुलाई संघका अध्यक्ष राई सहित वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग,कोषाध्यक्ष रुपेश श्रेष्ठ, घरेलु तथा साना उद्योग महासंघ महिला समितिका केन्द्रिय सदस्य रेणु श्रेष्ठलगायतले दोसल्ला ,खादा ओढाई टिका लगार सम्मान गरेका थिए ।


