धनकुटाको महालक्ष्मी नगरपालिकालाई मकै पकेट क्षेत्र घोषणा ! – किसानलाई बाँडियो अत्याधुनिक मेशिन
धनकुटा खबर । धनकुटाको महालक्ष्मी नगरपालिकाले मकै रोप्ने ५ वटा अत्याधुनिक मेशिनहरु कृषकहरुलाई प्रदान गरेको छ ।
मकै पकेट क्षेत्र घोषणा गरी कृषि ज्ञान केन्द्र धनकुटाको सहयोगमा नवज्योति बहुउद्देश्यीय कृषि सहकारी संस्था मार्फत महालक्ष्मी नगरपालिका–२ का कृषकहरुलाई नगरपालिकाले मकै रोप्ने ५ वटा अत्याधुनिक मेशिनहरु सहित विभिन्न कृषि औजारहरु वितरण गरिएको हो ।
कृषकहरुलाई कृषिमा आकर्षित गर्दै कृषि उत्पादन बृद्धि गर्ने उद्देश्यले नगरका केही कृषि फर्म तथा कृषकहरुलाई १२ वटा मिनी टिलर, ५ वटा डिजिटल आधुनिक काँटा, ३ वटा स्प्रे र ३१ थान त्रिपाल वितरण गरिएको नगर प्रमुख पर्शुराम नेपालले जानकारी दिनुभयो ।

परम्परागत कृषि खेती प्रणालीले श्रम बढी र उत्पादन कम हुने भएकाले कृषकहरुको आय-आर्जनमा बृद्धि गर्दै आधुनिक खेतीतर्फ उन्मुख गराउन अहिले स्थानीय तहहरुले कृषकहरुलाई अत्याधुनिक मेशिनहरु खरिद गरेर वितरण गर्दै आएका छन् ।
नगरपालिकाले यसै चालु आर्थिक वर्षमा १२ वटा मिनी टिलर केही दिन भित्रमा वितरण गर्ने कार्यक्रम रहेको पनि नगर प्रमुख नेपालले बताउनु भयो ।


