आधुनिक तरकारी खेती विस्तार गर्न धनकुटाको चौविसेमा प्लाष्टिक टनेल वितरण

धनकुटा खबर । धनकुटाको चौबिसे गाउँपालिकाले आधुनिक तरकारी खेती विस्तार गर्दै लाने लक्षका साथ कृषकहरुलाई ५० प्रतिशत मूल्य अनुदानमा प्लाष्टिकको टनेल वितरण गरेको छ ।

चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्र्तगत ५० प्रतिशत अनुदानमा प्लाष्टिकको टनेल खरिद गरी कृषक समुह र व्यक्तिगत फर्महरुले माग गरे अनुसार वितरण गरिएको हो । चौबिसे गाउँपालिका तरकारीको पकेट क्षेत्र विस्तार गर्दै कृषकहरुको आयआर्जनमा बृद्धि गर्ने उद्देश्यले चालु आर्थिक वर्षको कार्यक्रम अनुसार ५ वटा कृषक समुह र ३ वटा व्यक्तिगत फर्महरुलाई ३५ वटा प्लाष्टिकको टनेल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताउनु भयो ।

ती प्लाष्टिकको टनेल गाउँपालिकामा नै कृषकहरुलाई सहभागी गराएर गाउँपालिकाका अध्यक्ष राई र उपाध्यक्ष यज्ञकुमारी रुचालले हस्तान्तरण गरेका थिए । यो अभियानलाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिईने गाउँपालिकाले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।