धनकुटास्थित ‘चमेरे गुफा’को दोस्रो चरणको पर्यटन प्रवर्धन काम पुरा

धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा न ४ मा रहेको सिद्धिओडार चमेरे गुफामा पर्यटन प्रवर्धन गर्न गरिएको दोस्रो चरणको काम पुरा भएको छ ।

प्रचार प्रसारको अभाव रहेको गुफा व्यावस्थापनका लागि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले अघिल्लो बर्ष समेत गुफा व्यावस्थापनको काम गरेको र यो बर्ष समेत १० लाख विनियोजन गरेसंगै पोखरी निर्माण, गुफा परिषरको बाटो ढलाई शौचालय निर्माण लगायतका काम सम्पन्न भएको निर्माण उपभोक्ता समितीका अध्यक्ष प्रेमप्रसाद ओझाले जानकारी दिनु भयो ।

प्रचार प्रसार र आवश्यक पूर्वाधारको पर्खाइमा रहेको यस गुफा भित्र विभिन्न देवि देवताको मूर्ति देख्न सकिन्छ साथै गुफा भित्र भित्रै बाट ४ ,५ किलोमिटरमा रहेका अन्य गुफा सम्म पुग्न सकिन्छ भन्ने बुढापाकाको भनाई रहेको भए पनि यसको आधिकारीक पुष्टी भने नभएको स्थानियहरुको भनाई रहेको छ ।

पूर्वाधार र प्रचार प्रसारको अभाव रहेको गुफामा अव भने पर्यटनको संभावना बढ्दै गएको निर्माण उपभोक्ता समितीका अध्यक्ष ओझाले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।